एन सि सी को अधिवेशनको तयारी पुरा


सौल

दक्षिण कोरियाको सबैभन्दा पुरानो, विभिन्न संघसंस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति(NCC)को यहि आउदो जुलाई ३० मा हुन गैरहेको १६औं अधिबेशनको तयारी पुरा भएको कमिटीले बताएको  छ ।

सन् १९९३ मा स्थापित यो संस्थाले विशेष गरि सामाजिक कार्यहरुमा आफुलाइ समर्पित गर्दै झण्डै साढे दुई दशकको अबधिमा विभिन्न आरोह अवरोह पार गर्दै अहिले १६औं अधिबेशनको संघारमा पुगेको बताएको छ।

संस्थाको अधिबेशनको लागि सम्पुर्ण तयारी पूरा भैसकेको र यसै सूचनालाई आधार मानी अधिबेशन पूर्ण रुपमा सफल पार्नको लागि कोरियामा रहेका सबैसंघसंस्था, समाजसेवी, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी , पत्रकार सबैमा उपस्थितिको लागि अपिल गरेको छ।

त्यसैगरी केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। सदस्यहरुमा राजु क्षेत्री, बिनोद कुवंर, लोचन राई, भिम गुरुङ र गंगा थापा श्रेष्ठ रहेका छन् भने बिधान संशोधन संयोजक संस्थाको उपाध्यक्ष जित बहादुर गुरुङ लाई तोकेको जानकारी नेपाली सम्पर्क समितिको कार्यबाहक महासचिव राजु तामाङले  बताएका छन् । उनका अनुसार हालसम्म सदस्यताको लागी १४७१ जनाको आवेदन परेको छ । तर त्यसमा केहि संख्या तलमाथी हुन सक्ने पनि उनले बताए।

अधिबेशनको मिति,स्थान र समय यसप्रकार रहेको छ:

मिति:-२०१७/०७/३० तारीख ,  आइतबार।

स्थान :-जोगेसा गुम्बाको हल,जोंगाक।

(सब वे लाइन नं १ बाट जोङगाक स्टेशनको गेट नं २ बाट सिधै तीन सय मीटर अगाडि )

समय:-बिहान ८बजे (निर्धारित समयमै शुरु हुने)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...