एनसीसी कोरिया १६ औ अधिवेशनको संघारमा , अध्यक्षमा दुई दावेदारको टक्कर


सोल

दक्षिण कोरियाको सबैभन्दा पुरानो तथा विभिन्न संघ संस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति (एनसीसी) को १६ औ अधिवेशन संघारमा छ । यही जुलाई ३० मा अधिबेशनको मिती तोकिएको छ ।

अधिवेशन आउन पाँच दिन बाँकी हुदा सम्पूर्ण तयारी पुरा भएको कार्यसमितिले जनाएको छ । हालसम्म १ हजार ४ सय ७१ जनाले आवेदन बुझाएको महासचिव राजु तामाङले बताए । यही जुलाईको १६ तारिखसम्म आवेदन दिने अन्तिम मिति तोकिएको थियो ।

अधिवेशनको लागि केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। जसमा राजु क्षेत्री, बिनोद कुवंर, लोचन राई, भिम गुरुङ र गंगा थापा श्रेष्ठ रहेका छन् । साथै बिधान संशोधन संयोजक  उपाध्यक्ष जित बहादुर गुरुङलाई तोकेको महासचिव तामाइ०ले जनाए ।

अध्यक्ष पदको लागि कार्यसमितिमै रहेका बरिष्ठ उपाध्यक्ष अन्जु केसी र उपाध्यक्ष जीत गुरुइ० भिड्दै छन् । दुवै जनाले आ आफ्ना भावी योजना सार्वजनिक गर्दै अध्यक्ष पदको उम्मेदारी घोषणा गरेका छन् । केही दिन अघि नेपाल पत्रकार महासंघ कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा दुवैवीच सहमति नहुने भनाई सार्वजनिक गरेका छन् । त्यसैले मतदान हुने प्राय निश्चित छ । दुवै जना आ आफ्नो पक्षमा मत ल्याउन प्रचार प्रसारमा व्यस्त छन् ।

उपाध्यक्ष पदको लागि प्रकाश ढुंगाना, महासचिवको लागि पत्रकार तथा व्यवसायी पुरु जोशीले फेसबुक मार्फत उम्मेदारी घोषणा गरेका छन् भने पत्रकार महासंघका सदस्य कृष्ण बस्यालले सचिवमा उम्मेदारी घोषणा गरेका छन् ।

२४ वर्ष अधि स्थापित यो संस्थाले विगतमा विभिन्न सामाजिक तथा प्रशासनिक काम गर्दै प्रशंसा बटुले पनि हाल हाएर विवादमा मुछिएको छ । एनसिसीले कोरियामा गठित विभिन्न सामाजिक, जातिय र क्षेत्रिय संस्था गरी करिब ६० जति संघ संस्थाका छाता संस्थाको रुपमा आफूलाई राख्दै आएका छन् । सोही आधारमा कोरियामा हरेक वर्ष दुई ठूला पर्व छुसक र सलनालमा गरिने सांस्कृतीक कार्यक्रमको लागि विभिन्न संघ संस्थालाई कार्यक्रम बाढ फाढ गर्दै आएका छन् ।

यसैक्रममा विगत देखि नै केही संस्थाहरुले चित्त दुखाउदै आएपनि गत वर्ष भने तामाइ० संघले कार्यक्रम गर्न नपाएपछि आफै सफल कार्यक्रम गरेका थिए । त्यसैकारण जातिय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ कोरियाले एनसीसीको अन्तरगत नरहने निर्णय गरेका छन् ।

विधानमा केही संसोधन गरिनुपर्ने मागहरु आएका छन् । त्यसैले आगामी नेतृत्वहरुलाई एनसीसीलाई साच्चै साझा बनाउन निकै चुनौतीहरुको सामना गर्नु पर्ने छ । संस्थाको गिरदो साखलाई उचो पार्न र सबैको साझाँको अनुभूति गराउन कुसल नेतृत्वको चयन आवश्यक छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...