बिल गेट भन्दा पनि धनि अरु नै !
विश्वमै धेरै पैसा भएको धनि मानिस को होला ? उत्तर सजिलै आउँछ हामी धेरैले चलाउने कम्प्युटरमा प्रयोग हुने माइक्रोसफ्टका साहु विल गेट । हो पनि उनी धेरै वर्ष लगातार विश्वकै धनि मानिसका रुपमा रहे । कहिले कही उनी दोस्रो हुँदा उनकै साथी वारेन बफेट धनीहरुका एक नम्बरमा हुन्थे । तर मंगलवार फोब्स पत्रिकाले जनाए अनुसार अब विश्वकै धनि मानिस न विल गेट हुन न त उनका साथी वारेन बफेट । अहिलेका सबै भन्दा धनि मानिस हुन् अनलाइन बजारमा एकाधिकार जमाएको अमेजोनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोस । उनको कम्पनी विश्व भरि नै अनलाईन सपिङका प्रख्यात छ ।
बेजोसको सम्पति ९० विलियन डलर बराबर भएको छ । यति धेरै पैसा यस अघि कसैसँग पनि थिएन । उनको कम्पनीले यो बर्ष निक्कै धेरै नाफा गर्यो । साथै अमेजोनको शेयर भाउ पनि ह्वत्तै बढेकोले उनी सबै भन्दा धनि बने । अहिले सम्म फोब्र्स पत्रिकाले विश्वका धनि मानिसहरुको बारेमा खोजी गरेर छाप्छ ।
बेजोसले सन् १९९४ मा किताबहरुको अनलाइन सपिङ व्यावसाय आफ्नै गाडी राख्ने ग्यारेजबाट सुरु गरेका थिए । तीस बर्ष नपुग्दै उनै बेजोस विश्वकै धनि मानिस भएका छन् । उनले सुरु गरेको अनलाइन सपिङ अहिले विश्वका धेरै सामान किन्न र बेच्न सकिने माध्यमको रुपमा बिकास भएको छ ।