कोरियामा उपचार्थ एक नेपालीको निधन , किर्णाको टोकाईबाट निधन भएको आशंका
सोल
कोरियाको बंगुर फार्ममा काम गर्ने एक युवाको अस्पतालमा उपचारक्रममा आइतबार निधन भएको छ । छनानको सुनछइ०हयाइ० अस्पतालमा उपचार्थ धादिइ० खानियाबस गाउँ पालिका ४ बिर्चेत निवासी २५ वर्षिय माइ० तामाइ०को निधन भएको हो । उनी इपिएसबाट १५ महिना अघि कोरिया आएका थिए ।
छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाइ०लाई चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको साथी रमेश पुनले बताए । एक साताअघि ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाइ०लाई साहुले अस्पताल पुराएको थियो । तामाइ० कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछि उनी सो अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघि उनी अचेत अवस्थामा पुगेका थिए ।
कोरियामा सो जंगली किरा चिन्दगीको टोकाइबाट हुने रोगको औषधी पत्ता लाग्न नसकेको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियाको स्वस्थ्य सम्बन्धी तथ्यकं अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना रोग ग्रस्त छन भने १९ जनाले ज्यान गुमाई सकेका छन् ।
मृतक तामाइ०को नेपालमा बुबा आमा , पत्नी र चार वर्षीय छोरा रहेको नेपालबाट संगै आएका साथी रमेश पुनले बताए ।