दोस्रो “गुनसान नेपाल कप “को टिम दर्ता आवहान
सोल
दक्षिण कोरियामा फुटबल टुर्नामेन्टमा सबैभन्दा बढी पुरस्कार राशीको नामबाट परिचित ” गुनसान नेपाल कप ” को दोस्रो सेसन अक्टोबर ३ मा हुने भएको छ । गुनसान नेपाली समाजद्धारा आयोजना गरिने दोस्रो ” गुनसान नेपाल कप “को लागि यही अगष्ट १६ बाट टिम दर्ता शुरु गरिने छ । सेम्टेम्बर १७ सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
यस टुर्नामेन्टका विजेतालाई ३० लाख वन र उपविजेतालाई १५ लाख वन पुरस्कार राखिएको छ । खेल झल्ला भुक्दो प्रान्त स्थित गुनसान शहरको ओसिक्दो दोइ० 508 सेइ०माल खोंगवन मा हुने छ । गत वर्ष यस टुर्नामेन्टमा जापानबाट आएका खेलाडी समूह नेपाल जापन एफसी विजेता बनेका थिए । आयोजकले खेलाडी र दर्शक सबैलाई निशुल्क खान पान र वासको राम्रो व्यवस्था गरेको भन्दै कोरियामा हुने नेपालीहरुको फुटबल टुर्नामेन्ट मध्ये राम्रो व्यवस्था भएको प्रशंसा समेत पाएको थियो ।
फुटबल महासंघको मताहातमा खेलिने टुर्नामेन्टमा यसपाली पनि दर्शक र खेलाडीलाई निशुल्क खानपानको व्यवस्था गरिने समाजका अध्यक्ष नामग्यालले बताए । कोरियन महान पर्व छुसकको अवसरमा खेलिने यो खेल छुसकको पहिलो दिन खेलिने छ ।