कोरियन च्यानलमा किराती संस्कृती सहित फाइनलमा भिड्दै रेनुका राई
सोल,
दक्षिण कोरियाको थेगुबाट संचालित थेगु ब्रोडकाष्टिइ० च्यानल (टिवीसी) को अन्तराष्ट्रिय बहु संस्कृतीक गयन प्रतियोगिताको फाइनलमा किराती संस्कृतीको पहिचान सहित प्रस्तुत हुदैछिन रेनुका राई । आगमी शनिबार अगष्ट ५ तारिख सोही च्यानलको भवनमा दिनको १ बजे अन्तिम चरणको प्रतियोगिता गरिने छ ।
पहिलो र दोस्रो चरण पार गर्दै गायन प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल भएकी हुन् राई । यस अघिको प्रतिस्पर्धामा किराँती पहिरणमा प्रस्तुत भएकी राई निर्णायकको ध्यान केन्द्रित गर्दै लोकप्रिय प्रतियोगि बन्न सफल भएकी थिइन् । राईले फाइनमा आधुनिक र लोक गित गाउनुका साथै अन्तरवार्ता संगै साँस्कृतिक नृत्य साकेला प्रस्तुत गर्ने तयारी गरेको बताए ।
खोटाङ दिक्तेल रतन्छा मोबु(१ पुर्खैली घर भई हाल दक्षिण कोरिया बसोबास गर्दै आएका छन् । रिना नामबाट समेत चिनिने राई सन २००९ मा विद्याथी भिषामा कोरिया प्रवेश गरेका हुन् । नेपाली समुदायसंग घुलमिल हुने समय कम रहे पनि आपत बिपत परेको खण्डमा ब्यस्तताको वाबजुद पनि आफ्नै समस्या सम्झेर सहयोग गर्दै आइरहेको उनले बताए । उनले विभिन्न देशको नागरिक तथा नेपाली समुदायमा कानुनी परामर्शको सहयोग गर्दै आइ रहेको छ ।
सामाजिक गतिविधि सहभागी भएर राईले यसअघि पनि धेरै प्रतियोगितामा सफल्ता प्राप्त गरी विभिन्न पुरस्कार समेत थापेका छन् । ख्यागंसागं भुक्दोको संगजु सी धामुन्हा सेन्टरमा (상주시 다문홧센터 교육장 경상대로 3063-10 ) आयोजना गरिने प्रतियोगितामा कोरियामा भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भई हौसला बढाई दिन उनले आग्रह गरेका छन् ।