थोन मानी फर
कमसँगै काम गर्ने कोरियन बुढा छन् उमेरले सत्तरी टेक्नै लागेका । अनुहार हेरेर त्यति धेरै अमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । कपाल सेतै फुलेको भए पनि कालो मेहेन्दीले इज्जत धानेको छ । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् । काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । उनको जिन्दगीको त्यस्तो छैन । ‘म सकुन्जेल आफै काम गर्छु । नसकेको दिन देखाजाएगा ।’ युवा जोशमा उनी भन्छन् ।
उनले जिन्दगीका सबै रंग देखेका छन् । दुःखको चरम दुःख देखेका छन् । भोगेका छन् । उनका दुःखका कुरा सुने हामी नेपालीले के दुःख भेगेका रहेछौ र भन्ने लाग्छ । सत्तरीको दशकका उनी युवा थिए । ज्यानमा बल थियो । परे ‘ढुंगा खाएर पचाउने’ उमेर थियो । देशमा द्धन्द्ध सकिएको त थियो तर अभाब र गरिबी चरम रुपमा थियो । त्यो बेला समुद्रको माछा र लेउ खाएर परिबार चलाउनुको बिकल्प थिएन । समुद्रमा माछा मार्न पनि सजिलो थिएन । गाह्रो थियो । त्यसैले समुद्रको छाल वरपर पाइने बिभिन्न किराहरु खाने बानी नै पर्यो त्यो पनि भेटाइन भने लेउ मात्रैले पनि कति छाक टर्यो टर्यो । कति दिन त भोक भोकै पनि बित्यो । त्यसको के हिसाब गर्नु ? पुराना दिनहरु सम्झादा उनका चिम्सा आँखा झन चिम्सिन्छन् ।
उनी ‘ठुटे अग्रेजी’ बोल्छन् । बिदेशमा काम गर्न जाँदा सिकेका रहेछन् । कुरा गर्न त्यसैले पनि सजिलो भएको छ । बुढा बेला न कुबेला गफिन्छन् । अनि कति खेर कामको चित्त बुझ्दैन झनक्क सिसाउँछन् पनि । बुढेसकाल भएर होला । मन बुझाउने बाटो छ । हुन त उनी ‘डन हुन् कम्पनीका’ । कसैले केही भन्दैनन् । सबैले ‘अबजी’ भनेर सम्मान गर्छन् ।
पुरानो कोरियाको कथा हामीसँग ठ्याक्कै मिल्छ । ‘देशमा काम थिएन । खानाको समस्या उस्तै थियो । अरु साथीहरु बिदेशमा काम गर्न जान्थे । म पनि लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा थिएँ । बिदेशमा गएर केही कमाउने रहर थियो । त्यसैले हामीले ‘खाडी’ भन्ने देशमा यी बुढा पनि गएर काम गरेका थिए । ‘गर्मी खुब हुने कोरियामा त चिसो पनि हुन्छ नी । त्यहाँ त गर्मीको गर्मी ।’
अलि अलि पैसा कमाएँ । देशमा आएर एउटा सानो प्लास्टिकको झोला बनाउने कम्पनी खोलेँ । दिन रात नभनि काम गरेँ । कम्पनी नाफाको नाफा गयो । जिन्दगीमा नसोचेको पैसा देखियो । जता गयो । त्यतै आनन्द । केटीहरु लाइन लाग्थे । साथीभाइ आफन्त सबै थिए । रक्सिको खोला बगाइयो । गाडी किनेँ । बजारमा घर किने । बिहे गरेँ । भाइ यो पैसा भनेको हुँदैमा सदुपयोग गर्यो भने धेरै हुने रहेछ । नत्र जति भए पनि सकिने ।
जिन्दगी भनेको घडी जस्तै रहेछ । घुम्दै जाँदा एक दिनमा एक पटक घन्टा, सेकेन्ड र मिनेटका सुई एकै ठाउँमा पुग्ने । छ दशकको जिन्दगीको बुझाई । बुढाको जिन्दगीमा फेरि दुःख सुरु भो । ब्यापार घाटा भो । भएका जोडेका सम्पति सकिदै गयो । हुँदा आफन्त बन्नेहरुले छाडे । हुँदा हुँदा भएकी श्रीमतीले पनि डिभार्स गरिन् । जिन्दगीका कुरा हुन् यसै भन्न सकिन्न ।
हरेस कहिल्यै नखानु । पहिले के खाउँ ? के लाउँ भन्ने बेलाथ्यो । मैले श्रीमती छोड्दा दुःखले बनाको घर छाडेँ । रक्सि खुब खान्थे । रक्सि छाँडे । अहिले कोक खान्छु । हो पनि उनी कोकको फ्यान हुन । ‘मल्टिनेसनल कल्चर’ पनि हुन सक्छ । जति खेर पनि कोक खान्छन् । म आजकाल गेम खेल्छु । कोरियामा खुब फेमस छ बेस बल । उनी त्यही खेल्छन् । हातमा बेसबल क्लबको नाम भएको फित्ता बानेका छन् ।
हामीले कस्तो कस्तो दुःख खेपेकोले अहिले मलाई कुनै काम गाह्रो लाग्दैन । अहिले हाम्रो देशमा कमाउन सजिलो छ । जीवन चलाउन सक्ने पैसा त जसले जसरी पनि कमाउन सक्छ । हो पनि । कोरियामा कामको अभाब छैन । कामदारको अभाब छ । त्यसैले त बिदेशी कामदार डाक्छन् ।
बिदेशमा जति काम गरे पनि आफ्नो हुँदैन । जे भए पनि आफ्नै काम गर्नु पर्छ । मेरो पनि मनमा फेरि एउटा कम्पनी चलाउने रहर छ । अहिले पैसा छैन । अपार्ट किने । गाडी नयाँ लिएँ । अझै कमाउन सके कम्पनी खोल्छुहोला । पैसा कमाउनु पर्छ । सदुपयोग गर्नु पर्छ । थोन मानी फर । नेपाल खा । त्यसैले छिटो पैसा कमाउ र स्वदेश जाउ ।