आमरण अनसनरत डा. केसीको मागलाई पुरा गर्न कोरियाबाट दावाब
स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी हाल काठमाण्डौमा ११ औ पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको मागलाई पुरा गर्न दक्षिण कोरियाबाट पनि दवाब सिर्जना गरिएको छ ।
यहाँ रहेका स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानका युवाहरुले आइतबार सउल राजदूतावबासमा डा. केसीको माग पुरा गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका छन् । डा. केसीको स्वास्थ्य विग्रदै गएकाले उहाँको मागलाई यथाशिघ्र कार्यन्वयन हुनेगरी चाडो पुरा गराउन राजदूत अर्जुन जंग बहादुर सिंह मार्फत प्रधानमन्त्री शेर बहादुर देउलाई ज्ञापनपत्र पेश गरेका हुन् । अभियानका युवाहरुले सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको एक अभियन्ता एलबी श्रेष्ठले बताए ।
पटक पटक अनसन बस्ता सरकारले केसीको स्वस्थ्य विग्रदो अवस्थामा पुगेपछि झारो टार्ने हिसाबले माग पुरा गर्ने तर कार्यन्वयन नगर्ने परिपाटीको अन्त्य गरिनु पर्ने माग पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।