अगस्ट १३ तारिख किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ महाधिवेशन हुने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ अधिवेशन यहि अगस्ट १३ तारिख आइतबार दोङ्देमुनको नेपाल हाउसमा हुने भएको छ । अबिधेशनको सम्पुर्ण तयारी सकिएको किरात याक्थुम चुम्लुङ अध्यक्ष सन्तोष मादेनले जानकारी दिए । साथै चुम्लुङ् संस्थानिकट कोरियाको क्षेत्रगत शाखाहरु किम्हे, थेगुबाट प्रतिनिधित्व हुने अध्यक्षले बताए ।
हरेक दुई दुई वर्षमा अधिबेशनमा कोरिया रहेका सबै जनजातिलाई उपस्थित भैदिन संस्थाका महासचिब उत्तम खजुमले अधुरोध गरेका छन् । ‘यो सबै कोरियामा बस्नुहुने किरात समुदायको कार्यक्रम हो । सबै जना आएर सफल परिदिन हुन्छ भन्नेमा ढुक्क छु ।’ उनले भने ।
किरात थाक्थुङ चुम्लुङले नेपाल र दक्षिण कोरियामा बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । ‘अगामी दिनमा पनि राम्रो काम गर्न सक्ने नेतृत्व यो अधिबेशनले दिन्छ भन्नेमा हामी ढुक्क छौ ।’ अक्ष्यक्ष मादेनले भने । साथै संस्थालाई संगठीत र ब्यबस्थित ढंगले अघि बढ्न सबैको सुझाब र असल प्रतिनिधि चयन गर्न अनुरोध पनि उनले गरे ।
आयोजक :-किरात याक्थुङ चुम्लुङ ,साउथ कोरिया
स्थान :-नेपाल हाउस
समय :-१२:०० बजे (मध्यान्ह )
सम्पर्क् :-अध्यक्ष सन्तोष मादेन ०१०४८३५१५६५