नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान
नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो ।
मृत्यु समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकि आमा मन्जुको दुबै मृगौला फेल भई पटक पटक डाईलोसिस गराईराख्नु पर्ने भएको र उहाहरु संग भए भरको जग्गा जमिन सम्पूर्ण बेचबिखन गरेर पनि आर्थिक जुटाउन नसकेकोले उहाको आर्थिक स्थिति निकै नै नाजुक अबस्था रहेको मनन गर्दै यस सामाजिक संस्था नेवा: पुच: दक्षिण कोरियाद्वारा सहयोग प्रदान गरिएको हो ।
कोरियामा नेवा: पुच: को स्थापना देखी बर्तमान सम्म बिभिन्न सस्थाहरबिच समन्वय गर्दे आएको र आफ्नो कला सस्कृतिको पहिचान दर्साउदै, स्वदेशमा आपट बिपटमा आर्थिक सहयोग प्रदान गर्दै आएको र अगमी दिनमा पनि गर्ने प्रतिब्यक्त गर्दै यस पुच: का बरिष्ठ उपाध्यक्ष निर्मल महर्जनले जानकारी गराउनु भयो र साथै सहयोग सन्कलन र हस्तान्तरणमा साथ र सहयोग दिनु हुने सम्पूर्ण लाई धन्यबाद प्रकत गर्नु भयो ।