नेपाली जनप्रगतिशिल मञ्च कोरियाद्धारा बाढीपीडित सहयोग अभियान संचालन
सोल
नेपालमा हालै भएको तराई डुवान र विभिन्न पहाडी क्षेत्रमा गएको बाडी पहिरोका कारण धनजनको क्षतिबाट भएका पीडितहरुलाई राहत प्रदान गर्न आर्थिक सहयोग अभियान संचालन गरेका छन् ।
नेपाल र नेपालीहरु शोकमा डुबेको बेला प्रदेशबाट केही सहयोग गरौ भन्ने उद्देश्यले यो अभियान संचालन गरिएकोले अध्यक्ष खगेन्द्र बुढाले बताए । उहाँले अभियानलाई सहयोग गरिदिन हुन कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गरेका छन् । अभियान दुई सातासम्म चल्ने जानकारी पनि गराएका छन् ।
नेपालमा दुई अघि आएको अविरल वर्षका कारण करिब ७० जनाको ज्यान गएको २८ जना घाइते ५० जना बेपत्ता भएको संचारमाध्यमले जनाएको छ । बाढीबाट २१ जिल्ला बढी प्रभावित भएका छन् भने सडक र कैयौ पुल भत्केको, सयौ घर डुबानमा परी त्यति नै परिवार विच्चलीमा परेको संचारमाध्यमले जनाएको छ ।
आर्थिक सहयोगको लागि सम्पर्क व्यक्ति
गोविन्द गौतम
खाता नम्बर ०१० ७२१८९८७३ IBK Bank 003
contact no. 010 72189873