क्यालिफोर्नियामा नयाँ नेतृत्व चयन गर्दै एकताको सम्मेलन सम्पन्न


क्यलिफोर्निया, नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखा र नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया यु एस ए बिच एकताको अधिबेसन क्यालिफोर्नियामा भएको छ । दुई संस्थाहरुलाई एकता गरी अब आगामी दिनहरुमा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा रहेर काम गर्ने गरी अधिबेसनले देव राईको नेतृत्वमा सर्बसम्मत एक नयाँ कार्यसमिती समेत चयन भएको छ । कार्यसमितीको उपाध्यक्षमा प्रेम लामा, महासचिबमा गम्बु शेर्पा, सचिबमा सुरज पाख्रिन र कोषाध्यक्षमा बुद्ध महर्जन चयन भएका छन् । सदस्यहरुमा क्रमस: भुवन थापा मगर, राजेन्द्र श्रेष्ठ, नवाङ शेर्पा, दिपकमान प्रधान, बबित गुरुङ र श्रीमती गोमा लिम्बु रहेका छन् ।  

 
२३ औ विश्व आदिबासी दिवशको अवसर पारेर क्यालिफोर्निया राज्यको अलामेदा शहर स्थित वाशिंगटन पार्कमा अगस्ट १३ तारिक आईतबार रेशम तामाङको अध्यक्षतामा सम्पन्न भएको यस एकता अधिवेशनले दुई संस्था बिचमा विगत बर्षहरुमा देखिएको मत भिन्नताको तुषारापात समाप्त पारी एकता बनाएको छ । कार्यक्रमको प्रमुख अतिथी नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको अध्यक्ष श्री लुइसाङ वाईबा थिए भने दर्जनौ स्थानिय गन्यमान्य ब्यक्तिहरु उपस्थित थिए ।
नव निर्वाचित कार्यसमितीलाई कार्य सफल्ताको शुभकामना दिदै प्रमुख अतिथी लुईसाङ वाईबाले महासंघको वर्तमान अवस्था, महत्व तथा आगामी दिनहरुमा यसले नेपाल र नेपालीको विकाशमा खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए । मन्तब्य राख्नेहरुमा बिशेष अतिथि गोपाल खड्की, न्यान्स अध्यक्ष रबिन्द्र राई, जनसम्पर्क समितीका केन्द्रिय बरिष्ट उपाध्यक्ष धनन्जय नरसिङ केसी, नेवा समाजका पुर्ब अध्यक्ष नारायण सोम्नामे, शेर्पा असोसिएसनका अध्यक्ष आंङ छिरिङ शेर्पा, जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, निर्बाचन प्रमुख डेकेन्द्र मास्के, समाजका अगुवा बिध्या सागर योञ्जन, समाजसेबी सुरेन्द्र मल्ल, रोशन सुब्बा लिबांङ लगायत थिए l किलन राईले सँचालन गरेको अधिवेशनमा सँयोजनकारी भुमिका लाक्पा देण्डी शेर्पाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...