तीन करोड नेपालीहरुको स्वास्थ्यको लागि ११ औं पटक आमरण बसिरहेका डा.गोबिन्द केसी बास्तबमै देशद्रोही हुन् । चुडामणि शर्मा जस्ता कर्मचारी, खुम बहादुर खड्का ,गोबिन्दराज जोशी, जेपि गुप्ता जस्ता राजनितीज्ञ अनि दर्जनौ पटक असफल भएका ब्यक्तिहरुले सरकार हाक्ने लज्जास्पद शृङ्खला चल्ने यो देशमा डा.गोबिन्द केसी जस्ता ब्यक्तीलाइ बाच्ने अधिकार छैन ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै ११औं पटक सत्याग्रहमा रहेका केसी जिबन मरणको दोसाधमा छन् । हुनत बेबारिसे सरह रहेका डा.केसी मर्दैमा यहाका शासकहरुलाई कुनै शोक,पश्चताप या ग्लानी लाग्ने छैन । जिबनको उत्तरार्धमा रहेका यी वृद्ध आखिर किन यसरी आफ्नो जीवन त्याग्न मरिहत्ते गर्दैछन् ? सरर्सर्ती हेर्दा उनको एक्लो ज्यान न थियो । नपुग्दो आखिर के थियो र ३ करोड नेपालीको चिन्ता लिनु? बिरामी जाचेजस्तो गर्यो महङो औसधि लेखिदिए फार्मेशीबाट कमिसन आइहाल्थ्यो, औषधी उत्पादन गर्ने कम्पनिले स्टिक हिसाब गरेर कमिसन दिइहाल्थ्यो । अझ निजि क्लिनिक तिर रिफर गरे झनै पैसाको भेल छदै थियो ।किन यस्तो हबिगत गर्दैछन् डा.केसी ले?
सरकारले आफूसित गरेका सबै सम्झौता कार्यान्बयन गर्नु पर्ने, माथेमा प्रतिबेदन अनुसारनै चिकित्सा शिक्षा बिधेयक पारित गर्नुपर्ने, १० बर्ष सम्म कुनै पनि मेडिकल कलेज हरु खोल्न नपाइने जस्ता मागहरु उनले राखेका छन् । यिनका यी मागहरुले चिकिस्ता क्षेत्रका तस्कर हरुको निद हराम भएको छ । त्यसैले सकेसम्म उनलाई बिदा गरिदिन पाए हुन्थ्यो भन्ने तस्करहरुको मनसाय छ ।
डा.केसी २०६९ साल असार २१ गते पहिलो पटक ४ दिन अनसन बसे ।दोश्रो पटक २०६९ साउन २७ देखि ७ दिन, तेश्रो पटक २०७० साल पुष १ गते देखि १३ दिन ,चौथो २०७० माघ २५ देखि ८ दिन, २०७१ फाल्गुन ८ देखि १२ दिन, छैटौ २०७२ असोज २ देखि ११ दिन हुदै ११ औं पटक सम्म क्रमश १० दिन भन्दा बढी का दरले सत्याग्रह गरिरहेका छन् । उनको यो सत्याग्रहलाई सम्बन्धित निकायले सामान्य झारो टार्ने काम मात्र गर्दै आइरहेको छ ।
डा. केसीका बिषयमा मिडिया हरु पनि थकित देखिन थालेका छन् ।देशका प्रमुख अखबार मानिने कान्तिपुर,अन्नपुर्ण,राजधानी,गोर्खापत्र जस्ता दैनिक अखबारहरुले आजकल प्रथामिकता दिन छाडेका छन् । डाक्टर केसी देशका चिकित्सक ब्यबस्था सुधार गर्न जिबन र मृत्यु संग लड्दै छन् तर देशका प्रमुख रेडियो स्टेशन हरुमा उनका माग गुन्जन छाडेका छन् ।लाग्दैछ मिडियाहरुमा लाखौ बिरामिहरुको चित्कारले छोएन । हजारौ पीडितहरुको पिडा बोल्न सकेनन ।टेलिभिजन हरुले अन्तयमा केसी ११औ पटकको आमहरण अनसनको आज २२ औ दिन भन्दै ब्रेकिङ न्युज मात्र राख्छ ।
लाग्छ सबै थकित भए ।मानसपटलमा यस्तो कुरा घुसाउन लागियो कि डाक्टर केसीले उठाएको माग गलत छन । आफ्ना स्वार्थ पुर्तिका लागी मात्रै एक्लै लड्दै छन । हैन भने किन केसी मात्र अनसन बस्न पर्यो देशमा यति धेरै अस्पतालहरू छन । सबै अस्पतालहरूमा डाक्टरहरू छन । तिनलाई किन अनसन बस्न परेन ? किन तिनीहरू चुपचाप नौतिक समर्थन गर्छन? अत्ति आबश्यक भन्दा बाहेकका अरू सेवा बन्द गरे मात्र केसीलाई साथ दिनु भन्दा केसीको छेउमा बसेर केसीका जायज मागलाई किन साथ दिन सक्दैन्न ?किन अरू डाक्टर अनसन बसेन्न? किन कि डाक्टर केसी ले गलत माग राखेका छन । आफ्ना स्वार्थका लागी लडेका छन उनको लडाई व्याक्तिगत लडाई हो । केसीले आफु र आफ्नो घर सुधारको माग गरेका छन ? आफ्नो तलब भता सेवा सुबिधाको कुरा लाई प्रमुख मुद्दा बनाएर आफ्नो ज्यान जेखीममा राखेका हुन ?
तिन करोड नेपालीहरूको साझा समस्या र पद्दति सुधारको लागी राष्ट्र लाइ बलियो बनाउन स्वस्थ्य बलीयो हुनुपर्छ भनेर माग राख्नु उनको नाजायज पन हो ? आफ्नो लागी सोच्न छोडेर र आफ्नो ज्यानको ख्याल नगरि यसरि बारम्बर अनशनमा बस्दै ज्यान जेखीममा राख्ने डाक्टरले उपचार बाटोबाट सेवा गन्न छोडे ।डाक्टर स्वयम बिरामी भए बिरामी सुताउने बेडमा डाक्टर लाई राख्नु पर्यो ।
यस्ता भाबना बोकेकाहरूलाई आफ्नो भन्दा देशको बारेमा सोच्नेहरूलाई भष्टचार गरेको बिरोध गनेहरूलाई र माफीया सरकारको चेतनाको बाटो देखाउनु तिन करोड नेपाली हरुको छहारी बन्न खोज्ने डा.केसी बास्तबमै देशद्रोही हुन् । प्यास,निन्द्रा,भोक समयमा पुरा गरिएन भने त्यसबाट आफुलाई के बेफाईदा हुन्छ ? त्यो गोबिन्द केसी जानुन किन की हामी डाक्टर हैनौ हामीलाई उनले यस्ता कुरा सिकाउने गर्छन । बिरामीहरूको उपचार गर्ने प्रर्णालि र प्रद्दति सुधार गर्न आज आफुलाइ बल जबरजस्ती बिरामी बनाएर अस्पतालको शैयामा रहरले जिबनलाई धरापमा राखेका छन । उनको यो कदमलाई सरकारले १०औं पटक सम्म गलत ठानेको छ तर पनि उनले ११औ पटक पनी बिरामी को उनले उपचार गर्ने शैयामा रहरले छटपटाई रहेका छन ।
आजको दिनमा यदि केसीले भने जस्तै गरि चिकित्सा क्षेत्रको ब्यावस्थापन आज भयो भने अहिलेको प्रधानमन्त्री शेर बहादुर देउवाको पार्टी नेपाली काँग्रेस भोलिको दिनहरूमा चुनाबी नारा बनाउने छ । र डाक्टर केसीले गरेको संघर्ष तिन करोड नेपालीलाई स्वास्थ उपचारको उच्च स्तरीय सेवा दिन आन्दोलन गर्दै ज्यान धरापमा राखेर अर्धचेत अबस्थामा गरिएको तपस्या बालुवामा पनी हाले जास्तै हुनेछ । भगवान पुजा गर्न ढुड़गालाई घरमा ल्याउने हामी र प्रधानमन्त्री भैसके पछी पशुपतिनाथ को दर्शन गर्न जाने यो देशको नेताहरूलाई अझपनी हामीहरूलाई ढुड़गा ढोंग्नमा फुर्सद छैन ।
त्यसैले डाक्टर केसी हामी तपाईलाई हैन ढुड़गालाई भगवान मानेका छौ । भर्ष्टाचार गरेको सम्पति लुकाउन नदिने केसीको रणनिती प्रति संन्तुष्ट छैनौ ।आज काठमाडौ मा भयको अ-सुबिधा युक्त अस्पताल खारेज गरियो भने कत्तिका डाक्टर बन्नका लागी किनेर ल्याएको कागजी प्रमाण ले धोका पाउने छ । डाक्टरको अदक्षताका कारणले ज्यान जुमाउनु पर्ने छैन ।तिन करोड नेपालिले सुरक्षित रूपमा स्वास्थ परिक्षण गरन पाउने छन र साझ बिहान चुलोचौको चलाउन न सक्नेहरूको पनी आफ्नो स्वास्थ छु छैन भने जाच गर्नमा पहुच हुनेछ ।