एफएनजे कोरियाले बाढी पिडितलाइ रु. ५० हजार सहयोग गर्ने
सोल ,
नेपालमा भारी वर्षा संगै आएको बाढीपिडितको लागि नेपाल पत्रकार महासंघ दक्षिण (एफएनजे) केरियाले रु. ५०हजार सहयोग गर्ने भएको छ ।
संस्थाले आपतकालिन अवस्थालाई मध्यनजर गरी तत्काल नेपाल पठाउने गरी सो सहयोग गर्ने भएको छ । महासंघले कोरियामा रहेका पत्रकारहरुबाट रकम संकलन गरेको र ईच्छुक सहयोगीले समेत रकम सहयोग गर्न सक्ने जनाएको छ ।
घोषित रकम तत्काल नेपाल पठाउनको लागि प्रकृया शुरु भईसकेको पनि महासंघले जनाएको छ । घोषित रकम नपुगेमा महासंघले कोषबाट चलाउने र सो भन्दा बढि संंकलन भएमा दोश्रो चरणमा राहत पठाउने गरी तयारी गरेको छ ।
महासंघको आकस्मिक अनलाईन बैठकले सो निर्णय गरेको संस्थाका कोषाध्यक्ष दुर्लभ बन्धु पोखरेलले जानकारी दिए ।
बाढि पिडितले रकम सहयोग गर्न चाहेमा संस्थाका कोषाध्यक्षको खातामा सहयोग गर्न सकिने पनि महासंघले जनाएको छ । घोषित रकम दैनिक रुपमा महासंघको फेसबुकमा तथा पूर्ण विवरण कोरियाबाट संचालित अनलाईनबाट समेत प्रकाशित गरिने जनाएको छ ।
सहयोगको थप जानकारीको लागि संस्थाका अध्यक्ष खेम कार्कीको ०१०६४५३३०५० वरिष्ठ उपाध्यक्ष रंजन राज कुवँरको ०१०६५३३७४३१, कार्यवाहक सचिव मन्जु गुरुंग ०१०२६६५३९९५ र कोषाध्यक्ष दुर्लभ बन्धु पोखरेलको ०१०७२०६५५१६ मोवाईलमा सम्पर्क गर्न सकिने छ ।
सहयोगको लागि खाता नं। IBK bank २२१ ३७८६१९ ०२ ०१०Pokhrel Dulab Kumar रहेको छ ।