सगुन डटकमले बाढी पीडितलाई १० हजार डलर सहयोग गर्ने

सोल
नेपालमा आएको भारी वर्षाका कारण डुबान र बाढीका कारण ठूलो धनजनको क्षतीबाट पीडितहरुलाई राहत स्वरुप सगुन डटकमले १० हजार डलर (रु. १० लाख भन्दा बढी) रकम सहयोग गर्ने घोषणा गरेको छ ।
नेपाललाइ सोसियल मिडिया मार्फत बिश्मा चिनाउने सपना बोकेर तपाइहामि सँग हातेमालो गर्दै गरेको सगुनले मातृभूमीको पिडामा सानो मल्हम लगाउने जमर्को स्वरुप सो राहत रकम सहयोगको घोषणा गरेको कोरियामा रहेका एसिया संयोजक केपी सिटौलाले जनाए ।