कोरियामा संकलित बाढीपीडित राहत रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सउल दूतावासको सूचना
सोल
नेपालमा हालै आएको अविरल वर्षाका कारण बाडी पीडितहरुलाई दक्षिण कोरियाका विभिन्न संघसंस्थाहरुले राहत स्वरुप संकलन गरिरहेको रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सोल स्थित नेपाल राजदूताबासले सूचना जारी गरी अनुरोध गरेको छ ।
राहत सहयोग वितरण एकद्धार प्रणाली मार्फत वितरण गर्ने नेपाल सरकारको निर्णय अनुसार कोरियामा सहयोग रकम संकलन गर्ने व्यक्ति, समूह तथा संघसंस्थाले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष नेपाल स्थित बैंकहरुमा जम्मा गरिदिन सूचित गरिएको छ ।
अथवा राहत रकम आधिकारीक तथा बैधानिक तरिकाबाट मात्रै नेपाल पठाई सोको जानकारी दूताबासलाई गाराउन सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा नेपालका १३ वटा बैंकका नामावली र खाता नम्बर समेत उल्लेख गरिएको छ ।