“सुकिलो पैताला अनि `म पीडित´ “
कविता
आधा भूभाग डुबिसकेको छ मेरो देश
तिमीहरु भने मस्त निन्द्रामै
सपनाभित्र डुबिरहेका छौं सरकार ??
????????????????
आज रोइ रहेको छ देश
रोइ रहेको छ
त्यो,
आमाको काख खोसिएको अबोध बालक
छट्पट्याइ रहेको छ
रित्तिएर नाङगोझार भएर
लेदो भेलमाथी तैरिरहेको
लाखौं जनता
अनि,
आँसु बगाई रहेकाछ्न
ती निर्दोष आवाजहिन प्राणीहरु
आफ्नो ज्यान बचाउन
चप्पलमाथी तैरीरहेकाछन्
ती चल्लीहरु
ए
बिउँझ न सरकार !
तिम्लाइ त्यो कुर्सी सम्म
पुर्याउने जनता आज दलदलभित्र
हराइ हरेका छन्
लेदो पानीको घुट्कोसंगै
डुबुल्की मारी रहेका छन्
तिम्रो त्यो सुकिला पैतालाहरु
ती टिलिक्क चम्किने पजेरोबाट
निस्किएर सार छट्पटीरहेको जनतातिर
किनकी,
फेरि पनि त्यो कुर्सीसम्म पुर्याउने
सबै जनता रित्तिएपछी कस्ले पुर्याउछ ?
तिम्लाई त्यो कुर्सीसम्म
जनताको पिडा देखेर होईन
फेरि त्यो कुर्सी सम्झेर
सार तिम्रा सुकिला पैतालाहरु !!
म ,
सोच्दा सोच्दै आफ्नो मन फुत्त निस्किएर
त्यही बाढीमा मिसिएर
संगै मडारिदै बगिरहेको देखिरहेछु
स्वयम् म पनि
पीडितहरुसंगै पीडित बनेर बगिरहेको छु
तैरिरहेको अबोध चल्ली
अनि,
पिल्सिएर लडिरहेका सयौं लास
देखेर छ्ट्पट्याईहरेछु
पलपल मृत्युको महसुस गरिरहेछु
म बेचैन हुँदै गइरहेको छु
ती सबैदेखि
यो बाढीपहिरो देखि
त्यो भूकम्प देखि
नामर्द सरकार देखि
अनि छ्ताछुल्ल बनी
डुबिरहेको देशदेखी !!!
प्राकृतिक,
खै कसरी ?
के भनेर सम्बोधन गरुम म तिम्लाई
हत्केलामा ठेला उठ्नेगरी
ताली बजाएर गरौं
या,
त्यो माथी आकाश गर्जिने गरि
खित्का छाडेर हासेर गरौँ
छिया-छिया बनेको छ मध्यपश्चिम
अनि पहाड हल्लाएर चिराचिरा बनाई
दलदलमा डुबाएर मध्यपुर्वि
अनि तराईलाई जलमग्न
सुन्यतामा पुर्याउने
तिमी जस्तो महान प्राकृतिलाई
सम्बोधन गर्ने म जस्तो पीडितको
कुनै शब्द छैन
हो,
डुबाउदै जाउ तराई
चिर्दै जाउ पहाड
रोक्न सक्दिन तिमिलाई
म
टुलुटुलु हेरेर चिच्याई रहनेछु
केबल चिच्याई रहन्छु !!!!
मर्दै गरेको आशा ,
भो अब कष्ट गरेजस्तो
खोक्रो नाटक नगर सरकार
तिम्रो त्यो वाद खोल्ने
निर्णय र बार्तालाप गर्दागर्दै
मेरो अलिकति भाको ढुकढुकी
त्यही धमिलो लेदोसंगै पुरिएर
बिलिन भैसकेको हुनेछ
सुत मनाउँदै खुशि
नआउ मेरो लेदोसंगै सडिसकेको
लास माथीको जमीन टेक्न
तिम्रो त्यो सुकिला पैतालाभरी
मेरो लास सडेर दुर्गन्धित भैसकेको
हिलो लाग्ने छ भो कष्ट नगर
नदेउ दुख तिम्रा चम्किलो पैतालाहरुलाइ
हो ,
सुत सरकार निन्द्राको ट्याप्लेट खाएर
अनि ,
सुन्नु पर्दैन पीडित जनताको चीत्कार
देख्न पर्दैन छट्पटीरहेको जनताहरुलाई !!!!!
हाल, दक्षिण कोरिया