पैसा हुन्डीबाट कुरा देश बिकासको
देश धनि भए मानिस धनि हुनै पर्दैन । उदाहरण कोरियनलाई हेरे पुग्छ । जापानिजलाई हेरे पुग्छ । यिनका जिन्दगीका कुरा गर्ने नै हो भने बिहान ल्यायो बिहानै खायो बेलुकी ल्यायो बेलुकी खायो जस्तो छ । एक महिना काम गरेन भने अर्को महिना खान बस्नको लागि समस्या हुन्छ । दुई महिना काम गरेन भने ऊ बस्ने फ्लाटमा अर्कैको चाबिताल्चा लाग्छ । चढ्ने गाडी बैकले लैजान्छ । बिजुली पानीको बिल माथि बिल थपिन्छ । छदाखाँदाको मान्छेलाई काम नगर्ने भनेर साथीभाइ आफन्तले हेर्ने कुरै आएन । सरकारले बेरोजगारी भत्ता त दिन्छ तर प्रोसेस अनेक छ । अनि ऊ सडकमा बसेर माग्ने हुन्छ । रेल स्टेशनमा रात कट्छ । तर ऊसँग पासपोर्ट छ भने ऊ खुरुखुर अमेरिका जान सक्छ । बेलायत जान सक्छ । संसारको धेरै देशमा कुनै सास्ति नखेपि कुनै बैक ब्यालेन्स नदेखाई घुम्न सक्छ ।
धेरै नेपालीको अबस्था फरक छ । हात मुख जोड्नलाई सधै काम गर्नु पर्दैन । दुई चार महिनाका लागि यता उता आफन्तको तिर घुमेरै खान पनि पुग्छ । के खाउँ र कसरी बाँचौ भन्नै पर्दैन । धनि नेपाली पनि धेरै छन् । गाडी छ । नियमित पैसा आउने अफिस छ । परि आएको बेला खर्च गर्न सक्ने हैसियत पनि छ । तर त्यो हैसियतलाई अरु देशले देख्दैन । बैकमा भएको पैसा देखाउँदा पनि पत्याउँदैन । अमेरिका त अमेरिका भयो । एसिया कै देशले हैसियत भएको नेपालीलाई पत्याउँदैन । भिजा माग्न जाँदा लाजशर्मले पानी पानी हुने प्रश्न सोध्छ । त्यति गरेर पनि भिजा दिदैन । दिएको भिजामा पनि कतिलाई एयरपोर्ट बाटै फर्काउँछ ।
कुरा जति गरे पनि नेपाल बनाउने नेपालीले नै हो । स्वदेशमा बस्नेले काम गरेर बिदेशमा बस्नेले कमाएको रकम नेपाल बठाएर । पैसा पठाउने तरिका पनि बैधानिक हुनु पर्यो । त्यसो भए थोरै भए पनि सरकारले कर सुबिधा पाउँछ । देशको अर्थतन्त्रमा विदेशमा नेपालीले बगाएको पसिनाको मुल्य देखिन्छ ।
हामीले सधै कुरा गर्ने एसियाका देश संगापुर, जापान र कोरियाले एकै जुनिमा कायापलट गरेका हुन् । तर यी देशका मानिसले कुरामात्रै गरेका होइनन् । कामले गरेका हुन् । देशमा एक जनाले गरेर विकास हुदैन । सबैले गर्नु पर्छ । गरौ भन्ने सकारात्मक भावना हुनु पर्छ । अनि असम्भ लाग्ने विकास एकै जुनिमा देखिन्छ । सुको सुको जम्मा भएरै लाखौ हुने हो ।
सरकारले विदेशमा बस्ने नेपालीले अनिबार्य रुपमा बैधानिक तरिकाले पैसा पठाउनु पर्ने सुचना निकाल्यो । नत्र फेरी बिदेश जान्छु भन्दा श्रमस्विकृत नगर्ने जनायो । यो नियम २०१८ बाट लाग्नेछ । अरु देशमा बस्ने नेपालीलाई कम असर गरे पनि दक्षिण कोरियामा बस्ने नेपालीलाई बढि नै असर गर्नेछ । हुन्डी अर्थात अबैधानिक बाटो मार्फत पैसा पठाउनेमा दक्षिण कोरियाका नेपाली नम्बरी छन् हुन् । कोरियामा हुनेले लाखौ रुपैया कमाएका छन् । तर कमाएको देखिदैन । पैसा नेपालै पुग्छ । नेपालमै खर्च हुन्छ । तर देशले पाउनु पर्ने करसुबिधा पाउँदैन । त्यसैले देशका लागि कोरियामा बस्ने धेरै नेपालीले कमाएको पैसा झन्डै नकमाए जस्तै हो ।
देश भक्ति र विकासका लेक्चर कहिल्यै सकिदैन । कुराले मात्रै केही हुँदैन पनि । काम गर्नु पर्छ परिवर्तनका लागि । विदेशमा बसेको नेपालीले सामाजिक संजालका भित्तामा सरकारले यसो गरेन । उसो गरेन । नेताले खत्तम पारेको, कर्मचारी भ्रष्ट, काममा ढिला सुस्ति के के हो ? लेखेको लेखेकै छन् । तर कमाएको पैसा बैधानिक तरिकाले पठाउनु पर्यो भन्दा महंगो पर्छ हुदैन । पठाउँदिन भन्छन् । त्यही मान्छे नेपालमा दस रुपैयामा पाइने खैनी विदेशमा एक सय पचास रुपैया खर्च गरेर खान्छन् । एक प्लेट मःमको एक हजार रुपैया तिर्छन् । थोरै फाइदा देशलाई पनि हुन्छ भन्दा बैधानिक तरिकाले पैसा पठा भन्दा हुदैन भन्छन् ।
सरकारले पनि पैसा पठाउन सजिलो बनाउन सहयोग गर्नु पर्छ । दक्षिण कोरियामा भएको नेपाली राजदुताबासले गर्नै पर्ने कामको पहिलो लिस्टमा कसरी समस्याको समाधान गर्ने भनेर सोच्नु पर्छ । सरकारी जागिर खाएर मात्र हुदैन । कुरा त यस भन्दा पहिला पनि सुनिएकै हो । अहिलेका राजदुतले दक्षिण कोरिया टेक्ने बितिक्कै भाषणमा यस्तै कुरा भनि सके । अब व्यवहारमा देखिनु पर्छ । हामीले अरुलाई गाली गरेर मात्र हुदैन । आम्दानीको कर देशलाई तिर्नु पर्छ । थोरै भए पनि देशको अर्थतन्त्रमा सहयोग गर्नु पर्छ । अनि मात्रै नेतालाई गाली गर्दा पनि मज्जा आउँला कि ?