कोरियामा दोहोरो नागरिकताको कुरा गरेर एनआरएन सफल हुदैन, एनआरएन कोरियाका आइसिसि प्रतिनिधि उमेद्वार खेम कार्की


 

गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको आइसिसि प्रतिनिधिका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका वर्तमान अध्यक्ष खेम कार्कीले उमेदवारी दिनेघोषणा गरेका छन् । एनआरएन कोरियालाई मजदुर मैत्री संस्था बनाउन तथा यसलाई पारदर्शी बनाउदै यसभित्र रहेको अपारदर्शी र अनियमिततालाई चिरफार गरी एनआरएनलाई प्रवासी नेपालीको हकहितमा सर्मपित हुने संस्थाका रुपमा स्थापित गर्नको लागि पनि कार्कीले उमेद्वारी दिएका हुन् ।

गैर आवासिय नेपाली संघ अन्तरष्ट्रिय समन्वय समिति भनेको केन्द्रीय समिति हो । त्यसको सदस्यको रुपमा कोरियाबाट प्रतिनिधित्व गर्ने गरी आईसिसि सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका कार्की भन्छन्, ‘कोरियामा करिब ८ वर्ष मजदुर तथा पत्रकारको रुपमा काम गर्दा विश्व भरी रहेका विभिन्न संघ संस्था नेपाली समुदायसँग सहकार्य गर्ने अवसर मिलेको थियो । उक्त नेटवर्कलाई कोरियामा रहेका नेपालीहरुको हितमा प्रयोग गर्नको लागि आईसीसी पदमा उम्मेदावारी दिन लागेको छु ।’

कोरियामा रहेका ४० हजार नेपालीहरुलाई आफ्नो पनको महसुस गराउनु अर्थात् एनआरएनलाई मजदुर मैत्री संस्थाको रुपमा विकास गर्नु पनि कार्कीको अर्को लक्ष्य हो । कोरियामा रहेका कतिपय नेपाली मजदुरहरुलाई एनआरएन हाम्रो हो भन्ने भावनाबाट विमुख हुनुपर्ने अवस्था देखिन्छ । वास्तवमा यो गम्भीर विषय हो । संस्थाभित्र विभिन्न स्वार्थ, पदलोलुप्ता, कालो बजारी, राष्ट्र विरोधी कार्य, अवैध धन्धा (हुण्डी), मानव तस्कार गर्नेहरुकै वोलवाला किन छ त ? सर्वसाधारणलाई पहुच पुग्ने गरी किन एनआरएन बनाउन पहल भएन भन्ने प्रश्न उठेको छ ।

कोरियामा वहुसंख्यक मजदुर भएपनि उनीहरुलाई केन्द्रविन्दुमा राखेर संस्था चलाउनु पर्दछ । यहि विषयलाई उठाउन तथा कार्यन्वयन गर्न विशेष पहल गर्नको लागि उमेद्वारी घोषणा गरेको कार्की बताउँछन् । भन्छन्, ‘एउटा सामाजिक संस्थाको अधिवेशन किन यति भडकिलो बन्दै छ ? संस्थामा अध्यक्ष बन्न २ करोड सम्म खर्च हुने समाचार पनि आए किन सम्बन्धित पक्ष मुकदर्शक यसमा ? हामीले स्वस्फूर्त रुपमा एनआरएनमा सदस्य बन्ने वातावरण बनाउन सक्नुपर्छ । आर्थिक चलखेलले जित हार होईन एजेन्डा र योग्यताको कदर हुनुपर्दछ ।’

त्यसैगरी विभिन्न क्षेत्र, जाती भन्दा पनि हामी नेपाली भन्ने भावनाको विकास गराउदै विभिन्न जात जाती, भाषा, क्षेत्र र वर्गको हितमा पहल गर्न पनि आफुले उमेद्वारी दिएको अध्यक्ष कार्कीको भनाइ छ । लामो समय देखि कोरियाको नेपाली समाजमा क्रियाशिल कार्की छैठौँ अधिवेशनमा आईसिसी सदस्यमा उम्मेद्वारी दिने पहिलो व्यक्ति हुन् । पत्रकार कार्कीले “हाम्रोलाई होईन राम्रोलाई रोजौं हामी सबै नेपाली हौं सबैले बुझौं ” भन्ने नाराका साथ आफ्ना २१ बुँदे घोषणापत्र र सुझावसहित एनआरएनको चुनावी मैदानमा उत्रेका हुन् ।

खेम कार्कीको २१ बुँदे घोषणापत्र:

१. गैर आवासिय नेपाली संघमा सबै भन्दा पहिले कोरियामा रहेका ४० हजार नेपालीहरुलाई आफ्नोपनको महसुस गराउने ।
२. विभिन्न क्षेत्र, जाती भन्दा पनि हामी नेपाली भन्ने भावनाको विकास गर्दै विभिन्न जात जाती, भाषा, क्षेत्र र वर्गको हितमा पहल गर्ने  ।
३. कोरियामा एनआरएन भन्नसाथ ठालु र ठगहरुको संस्था भनेर चिनिन थाल्यो त्यसलाई हटाइ पारदर्शी र संस्थागत रुपमा अगाडि बढाउन पहल गर्ने ।
४. कोरियामा रहेको सम्पूर्ण मजदुर, विद्यार्थी, महिला, व्यापारी, वुद्धिजिवी, पत्रकारसहित विभिन्न संघ संस्था र समुदायमा एनआरएनसँग सहकार्य गर्ने वातावरणको विकास गर्ने ।
५. एनआरएनलाई मजदुर मैत्री संस्थाको रुपमा विकास गर्ने । मैले पहिलो नं. मा उठाएको सबैलाई आफ्नो पनको महसुस गराउनुसंग यसको सम्बन्ध छ । कोरियामा रहेका ईपिएस माध्यमबाट लगायतका मजदुरहरु कतिलाई एनआरएन हाम्रो हो भन्ने भावना छ त ? यो गम्भीर विषय हो । संस्थाभित्र विभिन्न स्वार्थ , पदलोलुप्ता, कालो बजारी , राष्ट्र विरोधी कार्य, दुई नम्वरी धन्धाको रुपमा फस्टिएको हुण्डी, मानव तस्कार गर्नेहरुको वोलवाला नै किन छ त ? सर्वसाधारणलाई पहुच पुग्ने गरी किन एनआरएन बनाउन पहल भएन भन्ने प्रश्न उठेको छ । कोरियामा वहुसंख्यक मजदुर भएकोले उनीहरुलाई केन्द्रविन्दुमा राखेर संस्था चलाउनु पर्दछ ।
६. एनआरएनसँग देशको पनि ठूलो आशा छ । देशमा अहिले ठूलो वर्षात्सँगै बाढी पहिरो जस्तो आपतकालिन अवस्थामा राहतको आवश्यकता छ । यस्तो बेला एन आरएनले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ ।
७. हामीले गर्न नसक्ने ठूला कुरा गर्नु भन्दा जन भावना वुझेर काम गर्नु पर्दछ । अहिले कोरियामा रहेका नेपालीहरुसंग अन्तरक्रिया र वहस गरेर संस्थाको ठोस कार्यदिशा तयार गर्नु पर्दछ ।
८. एनआरएन भनेको विश्वव्यापी सञ्जाल भएको संस्था हो । तर यसबाट कोरियामा रहेका नेपालीले के पाए त ? सोचनिय विषय पनि हो । सिमित व्यक्तिले कार्यक्रममा गएर व्याच लगाउन मात्र संस्थाको अस्थित्व वा दायित्व होइन । यसमा हामी गम्भीर भएर लाग्नु पर्ने देखिन्छ ।
९. पछिल्लो समय संस्थामा आर्थिक अपारदर्शिताको कुरा उठेको छ । तर खोई उत्तर ? चुनाव मात्र जित्ने मनसायले सही एजेन्डा विर्सने हो भने त्यो उम्मेदवारीको अर्थ पनि हुदैन । त्यसैले संस्थाको आर्थिक अनियमितता हटाइ पारदर्शी रुपमा सबै हिसाब किताव प्रस्ट पार्ने । जस्तै, संस्थाकै अध्यक्षले यस अघि सार्वजनिक कार्यक्रममै संस्थाभित्र आर्थिक अनियमितता भएको अघिल्लो कार्यसमितिले आर्थिक हिसाव प्रष्ट नगरेको कुरा उठाए त्यो चर्चाको लागि मात्र उठाइएको थियो या त्यसको यथार्थ के हो ?
१०. एनआरएनले गर्ने काम भन्नासाथ हामीले माथि मात्र हेर्ने होईन । विश्वव्यापी नेटवर्कलाई प्रयोग गरेर लगानी सम्बन्धी राम्रा राम्रा अवसरबाट कोरियामा रहेका नेपालीले फाईदा पाउनु पर्छ । अहिले एनआरएनको परिचय पत्र र पद बोकेर व्यक्तिगत फाईदा हेर्ने काम भयो सार्वजनिक हितको महत्व वुझ्न र बुझाउन जरुरी छ ।
११. कोरियामा रहेका विद्यार्थी, विभिन्न क्षेत्रमा काम गरेको दक्ष कामदार, ईन्जिनियर, लगायत प्रविधिको क्षेत्रमा काम गरेर बसेका नेपालीहरुलाई कोरियाको सिप नेपालमा हस्तान्तरण गर्ने गरी योजना तथा कार्यक्रम तयार पारी काम गर्ने ।
१२. एनआरएनको अन्तराष्ट्रिय कमिटिसंगको सहकार्यमा लगानी तथा कोरियामा रहेका नेपालीको हितमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्ने गराउने ।
१३. आफ्नो क्षेत्र, जाती र पार्टीको कुरा आउनु सामान्य जस्तै बनेको वर्तमान अवस्थामा सबै भन्दा ठूलो आन्दोलन भनेको वर्गिय आन्दोलन हो । अहिले क्षेत्र र जातीयताको नाममा वर्गिय मुद्धालाई ओझेलमा पार्न खोजिनु दुर्भाग्य हो । मजदुरको समस्या, किसानको समस्या, गरीब दुःखीको समस्या कसैले सम्बोधन गरेका छैनन भने किन हामी फेरि क्षेत्रीयता र जातियताको नाममा त्यही ठालुहरुको अगाडि लम्पसार पर्दैछौं । २००७ सालदेखि २०४६ साल ६२÷६३ को आन्दोलनको मुल मर्मलाई कुठाराघात गर्न यस्ता कुराहरु अगाडि ल्याउने गरिन्छ । कोरियामा आएका सबै नेपाली आफ्नो ठाउमा सम्पन्न र सक्षम छन । तर अरुको लहलहैमा लाग्न सक्ने खतरा बढेको हुदा यसमा छातीमा हात राखी ईमान्दारीताको प्रयोग गर्न अनुरोध गर्दछु ।
१४. कोरियामा म पनि १५÷१६ घण्टा काम गर्दै आएको नेपाली मजदुर हो । मजदुरीसंगै कोरियामा परेको विभिन्न पक्षमा बढदो मृत्यु, आत्महत्या, समसामयिक विषयमा पत्रकारीतामा सक्रिय बनि एक पत्रकारको रुपमा समेत परिचित छु । यति लामो समय काम गर्दा पनि सामाजिक कामप्रति लगावलाई मर्न दिएको छैन जसले मलाई मजदुर संगै पत्रकार पनि बनायो र तपाईहरुको आत्मीयता बढाउदै लग्यो । गम्भीर विषय यो छ कि एनआरएनले ईपिएसको समस्यामा चासो दिदैन । ईपिएस भित्रका कमजोरीले डब्लुपिएस लागू गर्नु पर्छ भन्दैन । यस्ता मुद्धा अब एम टियूले मात्र होईन एनआरएन कोरियाको सकृयतामा एमटियूमा सम्पूर्ण नेपालीलाई आवद्ध गराउने र नेपाल सरकारलाई समेत पहल गर्न झकझकाउनु जरुरी छ ।
१५. अमेरिकाको सिद्धान्त कोरियामा चल्दैन । कोरियामा पनि उही दोहोरो नागरिकताको कुरा गरेर एनआरएन सफल हुदैन । कोरियामा त ईपिएस भित्रका गम्भिर कमजोरीले बढ्दो मृत्यु आत्महत्या र दुर्घटना न्युनिकरण गरेर सम्पूर्ण नेपालीको साझा साथी बन्नु पर्छ अनि मात्र एनआरएन सबैको साझा संस्था हुन्छ ।
१६. मजदुरहरु चुनावमा मात्र प्रयोग भए । उनीहरुको समस्यहरु समाधानको पहल कदमीको प्रयास गर्न एनआरएन कोरियाले प्रयास गर्न सकेन । आईसीसी सदस्य , अध्यक्ष बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव जस्ता महत्वपुर्ण पदमा मजदुरको प्रतिनिधित्व नहुनु दुःखको कुरा हो । अहिले भएको ठुला आठ पद मध्ये कम्तिमा ५० प्रतिशतमा मजदुरको प्रतिनिधित्व हुने व्यवस्था कोरियाको विधानमा हुनुपर्दछ ।
१७. जनता एक थरी शासक अर्को थरी अब यो मान्य हुदैन । कोरियामा रहेका मित्रहरु अब छातीमा हात राखेर हामीले किन र कसको लागि काम गर्ने भनेर आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको छ । हामी सोच्न सक्छौं तर किन सोच्न चाहदैनौं ।
१८. अहिलेको विधानले विद्यार्थीलाई एनआरएन होईन भनेको छ । केन्द्रीय रुपमै विद्यार्थीलाई पनि एनआरएन भित्र राख्न पहल गर्नु पर्दछ । विभिन्न सीप , ज्ञान क्षमता भएका विद्यार्थीलाई एनआरएन अभियानमा राख्दा यसले देशलाई नै फाईदा हुन्छ भनेर सरकारलाई बुझाउन सक्नुपर्छ । यसको सट्टा देशको अहितमा हुने खालका दुई नम्बरी धन्दा गर्ने, तस्कर, देशद्रोही, दलालहरुलाई संस्थाको कार्ड र व्याच लगाएर ठगी उधोगलाई बढाउने धन्दा बन्द गर्न विधानमा प्रष्ट व्यवस्था हुनुपर्दछ ।
१९. विधान भनेको एक थरीको विचारले मात्र थिच्ने कुरा होईन ,सबैलाई समेटनु पर्दछ, यस्तो विषयमा राजीनीति हावी हुदा मजदुरहरु चपेटामा पर्ने छन् । अहिलेको पहुँचवालाहरुमा मजदुर बाहेकका व्यक्तिहरु छन जसबाट मजदुरको हितमा विधानमा व्यवस्था होला अथवा काम होला भनेर विश्वास गर्न गारो छ । मजदुरको हित हुने खालको काम नभए अधिवेशनमा दुई तिहाई भन्दा बढि उपस्थित हुने मजदुरले चाहे भने एनआरएन एनसीसीको पुरै नेतृत्व आफ्नो हातमा लिने गरी पनि विधान बनाउन सक्छन भन्ने कुरालाई मध्यनजर गर्दै बेलैमा आवश्यक अधिकार दिन पहल हुन जरुरी छ । यसो हुन नसकेमा मजदुर मित्रहरु कुनै पनि राजनिती, जातिय र क्षेत्रीय जालझेलमा नफसी समग्र मजदुर वर्गको उत्थानको लागि हिम्मत गर्न जरुरी छ । जुन अधिकार जायज छ त्यो मागेर पाईदैन भने खोसेर पनि लिन सक्नुपर्छ ।

२०. कोरियामा आपतकालिन अवस्थामा अत्यन्त आवश्यक पर्ने आपतकालिन राहत कोषलाई साझा अवधारणाको रुपमा विकास गर्ने । कोरियामा बढदो मृत्यु र आत्महत्या जस्ता घटना न्युनिकरण गरी आपतकालिन कोषलाई अन्तराष्ट्रिय रुपमा नमुना बनाई दुतावास तथा सरकारी निकायसंग समन्वयमा पहल गर्ने ।
२१. कोरियामा ल्याएको नेपाल हाउसको अवधारणा असफल हुन लागेको अवस्थामा यसलाई कोरियामा नेपालीको साझा घर बनाउन पहल गर्ने । शुरुमा नेपालीहरुको काम पर्दा आपत पर्दा वेरोजगार हुदा प्रयोग गर्ने शेल्टरको मुख्य लक्ष्य सहित स्थापना भएको भए पनि पछिल्लो समयमा कार्यक्रम हल मात्र भएको हुदा यसलाई सम्पूर्ण नेपालीले आफ्नो घरको रुपमा मान्न सकेको छैन । यसको पुनरुत्थानको लागि वृहत कार्ययोजना तयार पारेर अगाडि बढनुपर्ने अहिलेको आवश्यकता हो ।
२२. कोरियाको नेपाली मजदुरहरुले पाएको असमान व्यवहार, ईपिएका खराव पक्षलाई हटाउन पहल गर्नुका साथै एमटुयू , दुतावाससंग समन्वय गरी एनआरएनको अन्तराष्ट्रिय अभियानलाई सफल पार्न सदैव पहल गर्नेछु ।

यो प्रारम्भिक कारणहरु हुन जसले मलाई एनआरएन आईसीसी सदस्य पदमा उम्मेदवारी दिन झक्झकायो । यसलाई लागू गरी अगाडि बढने विस्तृत कार्ययोजना पनि तपाईहरु माझ राख्दै जाने छु । धेरै योजनाहरुको साथमा म यो मैदानमा आएको छु तपाईहरुसंगको आगामी भेटमा यो साटदै र बुझाउदैं जानेछु । धन्यबाद!

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...