अनेसास दक्षिण कोरियाको नयाँ कार्यसमिति
अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति निर्वाचत भएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि आर न्यौपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् । समितिका सदस्यहरूमा विनोद परिवर्तित, रामचन्द्र शर्मा, विदुर शर्मा, गोपिकृष्ण लामिछाने, रेशम अधिकारी, समीर यात्री, लोकराज न्यौपाने, राज विवस सुवेदी, मणि भुसाल, भोजराज जैसी, महेन्द्र केसी, राम केसी नयन र जीवन भण्डारी चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमको आयोजना गरी पदभार हस्तान्तरण गरिएको छ । सोही कार्यक्रममा अनेसास कोरियाका निबर्तमान अध्यक्ष क्रिस गुल्मेली बाबूलाई सम्मान तथा विदाई समेत गरेको थियो ।
एनआरएनए कोरियाका उपाध्यक्ष जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना प्रदान गरिएको, तथा आगामी कार्ययोजना र आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा डि आर न्यौपाने सूर्य, लोकराज न्यौपाने, नारायण भुषाल, गंगा बस्नेत लगायत करिब डेढ दर्जन सर्जकहरुले आफ्नो रचना वाचन गरेका थिए ।