देउरालीको ढुड़्गा पनि देवता बन्छ
कविता/
फुल मालाले ढकप्पै छोपिए पछी,
खादा र धागाहरुले टमक्कै बेरिए पछी,
अबिर केसरीले लपक्कै पोतिए पछी,
देउरालीको ढुड़्गा पनि देवता बन्छ।
त्यही ढुड़्गालाई जोगाउन
बडेमानको मन्दिर बन्छ ,
पर्खाल बन्छ, ताला बन्छ।
तर
मन्दिरकै सामु घरबार बिहीन
नाड़्गा छन् भक्तहरु।
आस्था नै त हो मनको,
मन्दिरमै खुट्टा पुगे पछी,
बाटोमै देउता भेटे पछी,
हिड्नेहरुले पाती चढाउछन्,
भाकल गर्दै भेटी चढाउछन् ,
यसरी नै चलिरहेछ बर्सौ देखी
भाकल गर्नेहरुको,
भेटी चढाउनेहरुको
निरन्तरता ।
थाहा छैन ति देउतालाई !
पाती चढाउनेको शुभ भो की नाही ?
भेटी चढाउनेको शुभ भो की नाही?
कोही सोध्ने आट गर्दैन
अबिश्वास गर्ने साहास गर्दैन ।
नपाए पनि पाउने आशमा,
केही डर केही त्रासमा,
बटुवाहरु भेटी चढाई रहन्छन्।
अनी,
धुर्त पुजारीहरु त्यही ढुड़्गाको आडमा
भक्तहरुको भेटी लुडाईरहन्छ्न।