एन आर एन कोरियाको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदको लागि उमेद्वारी दिने क्रम पनि बढेको छ । यसै क्रममा एन आर एन कोरियाकी पुर्व उपाध्यक्ष सिर्जना नेपालि ( आलिशा सिंह ) ले महासचिब पदको लागि उमेद्वारी दिने घोषणा गरेकी छन । एन आर एन कोरियाको कोषाध्यक्ष तथा उपाध्यक्ष पदमा रही दुइ कार्यकाल बिताएकि सिंह पछिल्लो समय कोरियामा समाजसेवीको रुपले पनि चिनिन्छन ।
लामो समय कोरिया बसाइ तथा संघ संस्थामा रहेर सिकेको अनुभब फेरी एकपटक एन आर एन कोरियामा प्रयोग गरि संस्थालाई चुस्त ,दुरुस्त र पारदर्शी बनाउने उनको भनाइ छ । उनले नेपालमा रहेका असहाय बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने हिसाबले कोरियाबाट अभियान नै चलाएकी थिइन भने हालै गएको बाढी पहिरोबाट घरबार बिहिन भएकाहरुलाई सहयोग गर्ने उदेश्यले कोरियाबाट सहयोग अभियान चलाउदै आएकी छन ।
एक कुशल कलाकर समेत रहेकी सिंहले कोरियामा रहेका अधिकांस नेपालीहरुको साथ् र समर्थन रहने अपेक्षा गर्दै आफुलाई महासचिब पदमा बिजय गराउनु हुन् सम्पूर्ण नेपाली समुदायमा अपिल समेत गरेकी छन ।