कोरियाबाट बाढिप्रभावित क्षेत्र सहयोग अभियानको हिसावकिताव सार्वजनिक


केही समय अघि नेपालमा गएको बाढी पहिरो र डुबानका कारण घरबार विहिन भएका बाढिप्रभावित क्षेत्रका लागि दक्षिण कोरियाबाट चलाइएको सहयोग अभियानको हिसावकिताव सार्वजनिक गरिएको छ । प्रभावित क्षेत्रका पिडितहरुको उद्धार साथै राहात कार्यक्रम सम्पन्न गरि संकलन गरिएको रकम बाढीप्रभावित क्षेत्रका बाढीपिडितहरुलाई हस्तान्तरण गरिएको छ ।

यस अभियानको सम्पुर्ण विवरण स्पष्ट र पादर्शी रुपमा सार्वजनिक गर्दै यस अभियानमा सहयोग पुर्याइ यस्तो विषम परिस्थितिमा मातृभुमिप्रतिको जिम्मेवार निभाउनु हुने सम्पुर्ण सहयोगिहरुप्रति हार्दिक धन्यवाद साथै आभार प्रकट गरेको अभियानकर्तामध्येका अग्रणी एलबि श्रेष्ठले जनाएका छन् ।

‘मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली
हिमाल पहाड तरॉइ कोहि छैन पराइ’

पहाडमा जाडो बढे तरॉइले सेक्नुपर्छ
आँधि आए तरॉइमा पहाडले छेक्नुपर्छ

यिनै भनाइसँगै नेपालमा भरखरै अबिरल बर्षाका कारण आएको बाढि र यस्को प्रकोपले भयावह रुप लियो र अकल्पनिय हिसाबले धनजनको ब्यापक क्षति भई अझै स्थिति चिन्ताजनक रहेको यो दुखद परिस्थितिमा कोरियामा कार्यरत स्वतन्त्र सामाजिक सँजाल प्रयोग कर्ता युवाहरुले मातृभुमि प्रतिको कर्तव्य, मानवता र राष्ट्रियताको रक्षार्थ बिभिन्न सँस्था र समुहसँग आबद्ध रहेका, सामाजिक अभियन्ताहरुको एउटा साझा टिम बनाएर कोरियावासि नेपालीहरुमा आर्थिक सहयोगको अपिल र पहल गर्दै राहत संकलन अभियान संचालन गरेका थिए ।

उक्त अभियानसँगसँगै आपतकालिन र चिन्ताजनक अवस्था रहेकोले तत्काल उद्धार र अत्यावस्यक राहत सामग्री बितरण गर्न नेपालमा रहेका स्वएंसेवक र अभियन्ताहरु सँग समन्वय गर्दै रकम निकासा गर्दै गैरहेको अभियानकर्ता श्रेष्ठले बताएका छन् । उनका अनुसार अहिलेसम्म बितरण भैसकेको ठॉउबाट प्राप्त भएको रिपोर्टहरु र हिसाब किताब पनि पारदर्शि तरिकाले सामाजिक सँजालको माध्यमबाट प्रस्तुत गर्दै पनि आइरहेको छ ।

उक्त अभियानबाट उठेको रकम मध्ये सुरुमा राहत र उद्धारको लागि नेपाल आर्मी र  नेपाल स्काउटसँग खटिएको टोलिलाइ रु ५०,००० गरिएको थियो । त्यसैगरि झापाको कन्काइ स्थित सिवगन्ज विद्यालयमा बसिरहेका पिडितहरुलाइ पहिलो पटक रु ५०,००० र दोस्रो पटक अपुग २० घर परिवारको लागि रु ३०,००० को राहत सामग्रि बितरण गरिएको छ । त्यस्तै सुनसरीको  एउटा टिमलाइ रु ५०,०००, रौतहटमा MRR को टोलीलाइ रु ५०,००० पठाएको तथा चितवनको परिवर्तित समाज नेपालको टोलीमार्फत रु ५०,००० को राहत सामग्रि भ.म.न.पा. १३ सिमलगैडिका ४० परिवारलाइ राहत बितरण गरिएको छ ।

त्यसैगरि सुनसरीकै इटहरि ४ र २ मा १५० घर परिवारलाइ त्रिपाल सहित ट्विटेरियन सोसाइटिको संयोजनमा रु ७०,००० को अत्यावस्यक राहत सामग्री बितरण गरिएको छ । सर्लाहीको इस्वरपुर ९ को मुसहर बस्तिका ६० घर परिवारलाइ रु ७०,००० बराबरको अत्यावस्यक राहत सामग्रि उपलब्ध गराएको छ भने बिराटनगर २ हनुमान मन्दिर उत्तरतिर आपतकालिन उद्धार सामग्रीको लागि दारि ग्याङ बिराटनगरको टिम मार्फत रु ५०,००० पठाइसकेको छ ।
त्यस्तै MRRको टिमलाइ झापा सिमलवाडि निमाविमा रु २०,००० को सैक्षिक सामग्रि बितरण गरिएको छ ।

एक हप्ता चलाईएको यस अभियानमा जम्मा ८७,१७,८८२ वन संकलन भएको थियो । बाँकी रकम ‘पहिलो पाईला’ नामक समुहलाई आधा र आधा रकम  सिधाकुरा जनतासंग भन्ने कार्यक्रम मार्फत बाढिपिडितको लागि घर बनाउने अभियानमा सहयोग गर्ने बताइएको छ । जसलाई सामजिक संजाल मार्फत पनि सार्वजनिक गराउने भएको छ ।

सहकार्य गरेका टिमहरु:

स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान
एमआरआर कोरिया
एकहात एकसाथ
NMWR
Youth_Juction

मुख्य अभियन्ताहरु:

दिपेन्द्र श्रेष्ठ, रहेस श्रेष्ठ, युवराज घिमिरे, बिस्व श्रेष्ठ, हिमाल सागर, केटो बिन्दास, नबिन बॉस्कोटा, सन्तोष सिग्देल, यम श्रेष्ठ, बिनोद बस्नेत, शम्भु श्रेष्ठ, एल बि श्रेष्ठ, सन्तोष कुमार राई, नेपालको राम
Help_Floof_Victims_Team_Korea

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...