सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच बर्ष जेल
शुक्रबार सामसुङ कम्पनीका उपाध्यक्ष ली जेइ योङलाई सउलको जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतको निर्णयसँगै सामसुङ कम्पनीको शेयर बजार समेत प्रभाबित भएको छ ।
पूर्वराष्ट्रपति पार्क गुन हेकी साथीलाई घुस दिएर सरकारी सुबिधा लिएको आरोपलाई अदालतले सही ठहर गरेको हो । उनी सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र हुन् ।
उनलाई ५ बर्षको जेल सजाए सुनाए पछि सामसुङको शेयर बजार झन्डै दुई प्रतिशतले गिरावट आएको छ ।
अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए । लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन् ।