Advertisement
SKIP THIS

अमेरिकामा सफल्ताको सिँढी चढ्दै बिक्की पुलामी


न्युजर्सी / रङ्गमञ्चको दुनियाँमा नेपालमा राम्रो चर्चा कमाई सकेका खडग बहादुर पुलामी (बिक्की पुलामी) अमेरिकामा पनि सफल्ताको सिँढी उक्लँदै छन् । सात बर्ष अघि म्युजिक भिडियोमा अभिनय गरेर रङ्गमञ्चको दुनियाँमा प्रवेश गरेको पुलामीले दुई दर्जन बढी म्युजिक भिडियोमा शसक्त अभिनय गरेका छन् । अमेरिका आए यता उनले आधा दर्जन म्युजिक भिडियोमा काम गरी सकेका छन् । अमेरिकाको बिभिन्न स्थानमा छायाङ्कन गरिएको ‘सम्बन्ध हाम्रो’, ‘डाक्यो डाक्यो’, ‘भुल्यौ कि भुलेकी छैनौ’, ‘चुमचुम’, ‘नसोच तिमी’, ‘अचेल’ लगायत बोलको गीतको भिडियोमा उनको अभिनय हेर्न पाईन्छ । अभिनय यात्राकै क्रममा ‘जीन्दगी रक्स’ नामको चलचित्रमा समेत मुख्य भुमिकामा अभिनय गरेर चर्चा कमाएका पुलामीले करिब आधा दर्जन म्युजिक भिडियोमा निर्देशनको काम समेत गरेका छन् । पुलामीको उदघोषण कला र आकर्षक नृत्यका कारण अमेरिकामा नेपाली समुदायमाझ हुने बिभिन्न साँस्कृतिक कार्यक्रममा उनको माग निकै बढ्दो रुपमा छ । आफ्नो रङ्गमञ्चिय कला यात्रालाई नित‍न्तरता दिँदै ब्यवसायिक बनाउँन नेपाली कला सँस्कृतीलाई अमेरिकामा प्रवर्धन गर्दै जाने सोच भएको उनले बताए ।

गायक कमल खत्रीको स्वर रहेको चर्चित गीत ‘तिमीलाई चाही सके’ मा पहिलो पटक अभिनय गर्दाको सम्झना गर्दै पुलामी भन्छन्, “रहरै रहरमा लागिएको हो । यति अगाडी गईएला भन्ने लागेकै थिएन । गर्दै जाँदा रमाईलो लाग्दै गयो र दर्शकले पनि मन पराई दिए । उत्साह थपिदै गएको छ ।” अभिसेक तामाङ र मनिष पोख्रेलको ‘ट्याटु खोपेर’ बोलको गितमा मोडलिङ गरे पछि उनलाई बजारमा थप चर्चित बनायो । त्यस पश्चात उनले अभिनय गरेका म्युजिक भिडियोहरु थपिदै गएका छन् चाहे उनी नेपाल होउन् या अमेरिका ।

अभिनय कलामा पुलामीको लागि यो बर्ष थप उत्साहजनक भएको छ । उनले मोडलिङ गरेका अमेरिकामा निर्मित दुई म्युजिक भिडियोहरु ‘ओएस नेपाल म्युजिक अवार्ड २०१७’ मा मनोनयनमा परेका छन् । विश्वभर निर्माण गरेका नेपाली म्युजिक भिडियोहरु मध्येबाट ४३ बिधामा अवार्ड दिने गरी ओएस नेपालले पहिलो पटक आयोजना गरेको कार्यक्रमका लागि २१५ म्युजिक भिडियोहरु मनोनयनमा भएका छन् । जस मध्ये पुलामीले मोडलिङ गरेका ‘नसोच तिमी’ (बेस्ट पप गीत मोडेल पुरुष तर्फ) र ‘भुल्यौ कि भुलेकी छैनौ’ (बेस्ट म्युजिक भिडियो डाईरेक्सन पप गीत) बिधामा परेका छन् ।

१२ कक्षासम्मको औपचारिक अध्ययन सकाए पछि जन्मथलो सर्लाहीबाट राजधनी काठमाडौ पसेका बिक्की पुलामी शुरुमा मार्सल आर्ट तिर लागेका थिए । मार्शल आर्ट बिधामा पनि उनी अब्बल रहे । आफ्ना दाजु शितारियो कराँते प्रशिक्षक चित्र बहादुर पुलामीको प्रेरणा र प्रशिक्षणमा उनले डबल ब्लाक बेल्ट लिन सफल भएका थिए । रँगिन दुनियाँमा मात्र हैन, सामाजिक सेवामा पनि अत्यन्तै रुची राख्ने पुलामीले बिभिन्न सँघ सँस्थामा आवध्द भएर थुप्रै काम गरे । दर्जनौ युवा नेतृत्व विकास तालिममा सहभागी भए । काठमाडौमा बाग्मती सरसफाई अभियानको लागि स्वयं सेवा परिचालन देखि सर्लाहीको गाउँवस्तीमा पुस्तकालय स्थापनाको लागि उनले अग्रणी भूमिका निर्वाह गरे । समय मिल्दा अहिले पनि सामाजिक सेवामा खटी हाल्ने उनको बानी छ । डाक्टर बिष्णु माया परियारका अनुसार हाल पुलामी बसोबास गर्ने जर्सी सिटीमा नेपाली समुदायको साझा सँगठन ‘जर्सी सिटी नेपाली कम्युनिटी’ स्थापना गर्न उनको ठुलो सहयोग रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...