Advertisement
SKIP THIS

दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी छन्त्याल परिवारको पोल्टामा


“विकास, अनुशासन, गतिशिलता, खेलकुद मार्फत सबै संस्थाविच सदभाव आजको आवश्यकता ” भन्ने मूल नारा सहित यूनिक भिजन ग्रुप, दक्षिण कोरियाद्वारा आयोजित “दोश्रो यूनिक भिजन मैत्रीपूर्ण भलिवल प्रतियोगिता -२०१७ भलिवल प्रतियोगिता”को उपाधि छन्त्याल परिवारले जितेको छ ।

अगस्त 27 तारीख  आइतबार दोङ्देमुन गु छेयुग्वानमा सम्पन्न भलिबल प्रतियोगितामा सिहुङ्जी आनसानलाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको छन्त्याल परिवारले बागलुङ सम्पर्क समिति, दक्षिण कोरियालाई पराजित गरी स्याङ्जा परिवार टीमसँग उपाधिको लागि प्रतिष्पर्धा गरेको थियो । छन्त्याल परिवारले 2-1 सेतमा स्याङ्जा परिवारलाई जितेको थियो।

१७ टीम सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम हुने छन्त्याल परिवार दक्षिण कोरियालाई १३ लाख वन नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो हुने स्याङ्जा परिवारलाई १० लाख वन सहित प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी सान्त्वता हुने समूह  बागलुङ सम्पर्क समिति, दक्षिण कोरिया र सिहुङ्सि आनसान दक्षिण कोरियालाई जनही नगद तीन लाख पचासहजार वन प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी विक्रम कुँवर “राठोर”-(स्याङ्जा  परिवार दक्षिण कोरिया)  ले पाउन सफल भए ।

ब्यबस्थित रुपमा खेल सन्चालन गर्नको लागि रेफ्रीहरु अमीत राना, सुनेश के सि, दिलु थापा र लोकेन्द्र भट्टचन रहेका थिए। NRNA का अध्यक्ष राजु क्षेत्रीको प्रमुख आतिथ्य र युनिक भिजन ग्रुपका अध्यक्ष  भजिन्द्र क्षेत्रीको अध्यक्षतामा भलिबल खेल सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको थियो।

प्रतियोगिताको विविध व्यवस्थापनमा मन, वचन र कर्मले सहयोग गर्नुहुने साथमा प्रतियोगिता अवधिभर मैत्रीपूर्ण तथा सौहार्दपुर्ण वातावरणमा सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सहभागी खेलाडीहरु, निर्णायकहरु, खेलप्रेमी महानुभावहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णमा युनिक भिजनका अध्यक्ष भजिन्द्र क्षेत्रीले  हार्दिक धन्यवाद व्यक्त गरेका थिए । प्रतियोगितामा नेपालीहरुको बाग्लो उपस्थिती रहेको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...