छुसकका लागि कार्यक्रम बाँडफाँड सम्पन्न
आइतबार नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले यस बर्षको छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ । कोरियामा रहेका तीन वटा संस्थाले यस पटक संस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।
छुसकको पहिलो दिन अक्टोबर ३ तारिख किरात याक्थुङ चुम्लुङ, ४ तारिख कास्की परिवारले र ५ तारिखको दिन अर्घाखाँची सम्पर्क मन्चले संस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।
अघिल्लो बर्षको छुसकमा भएको कार्यक्रम बाँडफाँडमा बिबाद भए पछि जनजाति महासँघले एनसीसीको निर्णय नमान्ने भन्दै छुट्टै कार्यक्रम गरेको थियो । ‘यस बर्ष हामीले सबैलाई मिलाएर लग्यौ । जनजाति महासंघको पनि यो कार्यक्रम बाँडफाँडमा सहमति छ ।’ सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले भनिन् । ‘हामी बिदेशमा बसेका नेपाली मिलेर जानु पर्छ । बिदाको समयमा रमाइलो गर्ने सबै मिलेर हो । त्यसैले यस पटक सबैको सहमतिमा कार्यक्रम बाँडफाँड भएको छ ।’ उनले थपिन् ।
आइतबारै औद्योगिक दुर्घटनामा ज्यान गुमाएका एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको श्रदान्जली सभा पनि गरिएको थियो ।