कोरियाका लागि नयाँ श्रम सहचारीमा बास्तोला नियुक्त
दक्षिण कोरियाका लागि नयाँ श्रम सहचारी अर्थात् काउन्सेलरमा डिल्लीराम बास्तोला नियुक्त भएका छन् । नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले केहि समयदेखि रिक्त रहेको कोरियाको काउन्सेलरमा बास्तोलालाई नियुक्त गरेको हो ।
इपिएस शाखा नेपालका पुर्व प्रमूख समेत रहेका बास्तोला इपिएस सम्वन्धि जानकारी व्यक्ति हुन् । इपिइस प्रमूख पदमा रहँदा बास्तोलाले कोरियामा हुने नेपाली गतिविधी तथा घटनाप्रति निक्कै चासो लिने गर्थे भने कोरिया भ्रमणका क्रममा यहाँका सरकारी अधिकारीसँग नेपालीका लागि इपिएस कोटा बढाउने, समस्या समाधानका लागि पहल गर्न आग्रह समेत गरेका थिए ।
पछिल्लो समय इपिएसबाट आएका नेपालीहरुको समस्या विकराल बन्दै गइरहेको सन्दर्भमा यस क्षेत्रका विज्ञलाई नै श्रम सहचारीमा नियुक्ति गरिनुलाई कोरियावासी नेपालीहरुले सकरात्मक रुपमा हेरेका छन् । पछिल्लो समय बढ्दो नेपालीका समस्या समाधानमा सकरात्मक भुमिका खेल्नेमा धेरै आशा गरिएको छ । कोरियामा विभिन्न कारणले डिप्रेशनमा पर्ने, आत्महत्या गर्ने, सुतेको अवश्थामा निधन हुने, औद्योगिक दुर्घटनामा परि ज्यान गुमाउने जस्ता घटना वृद्धि भएको छ । जसबाट यहाँ कार्यरत नेपाली चिन्तित रहेका छन् ।