लगानी भित्राउन नेपाली उद्योगीहरु कोरियामा

सौल, नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको चार जना उद्योगीहरुको टोली बुधबार दक्षिण कोरिया आइपुगेका छन् । ख्वागंजु प्रान्तको मेयरको निमन्त्रणामा उनीहरु कोरिया आएका हुन् ।
ख्वांगजु प्रान्तको सहकार्यमा नेपाल र कोरियावीच केही परियोजनाको तयारी गरिरहेकाले थप अध्ययनको लागि नेपाली उद्योगीहरु कोरिया आएको टोली संगै रहेका व्यवसायी रुद्र शर्माले जानकारी गराए । कोरियाको उच्च प्रबिधीलाई अध्ययन गर्ने र कोरियामा रहेका नेपालीहरुवीच लगानीबारे अन्तरकृया गर्ने टोलीको थप उद्येश्य रहेको छ ।
बुधबार साँझ नै एनआरएनए कोरियाको आयोजनामा सउल स्थित नेपाल हाउसमा आयोजना गरिएको स्वागत तथा अन्तरकृया कार्यक्रमा लगानीबारे छलफल गरिएको थियो । सउलकै कोएक्स हलमा सम्पन्न मेडिकल एक्सपोमा सिएनआइका अध्यक्ष शर्माका देउराली जनता औषधी उद्योगको सहभागिता समेत रहेको थियो । टोली कोरियाको पर्यटकिय टापु जेजुदोमा भ्रमण गरेपछि आज सोमबार नेपाल फर्कदै छन् ।