छुसकमा कास्की परीवारले “नेपथ्य ब्याण्ड ” ल्याउदै
सोल
कोरियान पर्व छुसकमा यसपाली कास्की परिवार दक्षिण कोरियाले चर्चित नेपाली संगीतिक समूह नेपथ्य व्यण्डलाई निमन्त्तण गरी संगीतिक कार्यक्रम गर्ने भएका छन् ।
गत अगस्त २७ तारिख सम्पन्न कार्यसमितिको बैठक र कास्केली भेलाले आगामी छुसकमा नेपालबाट नेपथ्य ब्याण्ड ल्याएर कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो । सोही दिन एनसीसीले गरेको सांस्कृतीक कार्यक्रम बाँडफाँड मा कास्की परिवार छनौट भएपछि सो कार्यक्रम गर्ने तय भएको हो ।
२०१० बाट यता लामो समय पश्चात २०१७ मा आयोजना गर्न लागिएको सो कार्यक्रम संचालनको लागि कोरिया स्थित नेपालीहरुको छाता सस्था एनसिसि कोरिया मार्फत आवश्यक प्रकृया पूरा गरि संचालन गर्न लागिएको संस्थाका अध्यक्ष दिल जलारी पासाले बताउनुभयो।
कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा साँस्कृतिक कार्यक्रम गर्न लागेको आयोजकले जनाएका छन् । कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्था एवं समुदायहरुको सकारात्मक सहयोग एवं समर्थनको लागि परीवारले बिशेष अनुरोध गरेको छ ।