शहर संगै रहर
कविता :
शहरहरु रहरहरु
लहरहरु प्रहरहरु
जोडिदैछ्न एक अर्कामा
त्यसैले होला शहरहरु भिड्भाड छ
लहरहरु प्रहरहरु तछाड माछाड छ
मानिसको हुल हुलहरुमा!
शहर जस्तै रङ्गिन सपना
झिलमिल तिलपिल
अग्ला अग्ला गगन चुम्बी घर झैं
ठडिन्छ चाहानाको स्तम्भहरु
सजिन्छ यस भित्रको झकिझकाउ जस्तै
चाहनाको दराज
यस भित्र कैद छ
कोठाको भित्ता भित्तामा
महङ्गा महङ्गा हिराको उपहारहरु
मार्बलै मार्बलले छापिएका भुइ झै
कती हो कती अमुल्य छ सपनाहरु
चाहानाको सिढी चढि माथि माथि
सगरमाथा उक्लिने सपनाले ऐथन पर्छ
सपनाको सिरक ओढी गुट्मुटिएको
बिस्तारा न्यानो न्यानो चाहानाको
स्पर्शले अनन्दमय महशुस गराइदिन्छ
अन्तस्करणलाई !र आशाहरु बहुलाउछ
आशामा लट्पटिएर जिन्दगी
आशाबादी हुने सकरात्मक
दिशा तिर यात्रा गर्न आतुर भइदिन्छ
सपना, इच्छा ,आकङ्क्ष र महत्त्वकाङ्क्षरुपी
जिवाणुले जिन्दगी सधै अर्धपागल बनाइरहेछ
यसैको प्रत्यक्ष असर
निराशाले जिवनमा खडेरी पर्दा
दुई नयनबाट बर बर्ती आशु झर्दा
यि जिवाणुले फेरी अर्को आशा
देखाइदिन्छ चैत मासमा आकशमा
कालोबादल मडारिदा पानि पर्ने
आशा जागे झै
अर्ध मृत्युमा परिणत इच्छाहरु
ज्युदा ज्युदा बाघ झै गर्जिन्छ्न
हृदय अन्तस्करनको घनाजङगलमा!
यि थरी थरिका इच्छा चाहाना रहरहरु
झिलमिल तिलपिल शहरहरुमा
मनै बहलाउने सुन्दर मनोरम ठाउमा
नौ डाडापारी क्षितिज पारिको गाउमा
लुकमारी खेलिरहेको हुन्छ
प्रत्येक मनुष्येको मन मनमा
रहर शहरले तानिरहेछ
गाउ अप्ठ्यारो मानिरहेछ
र पनि शहर जबर्जस्ति
चम्किरहेछ!
आहाले ३हर्दिया धनकुटा नेपाल
हाल: दक्षिण कोरिया खिम्पोसी ख्याङ्गिदो