रेमिट्यान्समा र्याल काट्ने सरकार
बैंकिङ च्यानल मार्फत पैसा नपठाए विदेश जान नपाईने भन्ने सरकारको निर्णयमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भयो । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिना सर्त उन्मुक्ति दिएको तर विवसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्थ्यो । केहीले सरकारले युवाहरूको पीरमर्का र समस्याहरु सम्बन्धमा कुनै चासो नराखे पनि रेमिटेन्समा मात्र र्याल काढेको भन्दै आक्रोश पोखिरहेको पाएन्थ्यो । सरसर्ती हेर्दा यो आक्रोस अस्वभाविक पनि थिएन, दुखका साथ भन्नुपर्दा अहिले वैदेशिक रोजगारीबाट भित्रिने लाखौं युवाहरूको रेमिट्यान्सले नै देशको अर्थतन्त्रको साख जोगाइरहेको छ । यिनै युवाहरूको पसिनाको कमाईमा हालीमुहाली गर्दै दैनिक दुई चार हजार युबाहरुको बहिर्गमनको दुखद तथ्य भन्दा, नेपाल भित्रिने रेमिट्यान्सको जोड घटाउमा बढी चिन्ता छ ।
अबैध अरबौ भ्रस्टाचार गरेको लगभग पुष्टि भैसकेकाहरुलाई हाम्रो देशका न्यायालयले जबर्जस्त बैध घोषणा गरिदिन्छ । अनि एउटा विदेशमा रहेको युवाले पसिनाले साटेको पैसा अलि सस्तो पर्ने गरी देशमा पठाउँदा अवैधानिक देख्छ । यही कुरामा कुरामा आक्रोश हो हुण्डी अवैधानिक काम हो । यो सबैलाई थाहा छ, तर पनि युवाहरुको हुण्डी मार्फत नेपाल पैसा पठाउँछन् जसले गर्दा सरकारलाई प्राप्त हुने रेमिटान्समा ठूलो धक्का लागिरहेको छ । तर यसका प्रमुख कारक सरकार नै हो किनकि हिजो हुण्डी अबैधानिक मात्र घोषणा गरियो तर त्यसलाई रोक्ने ठोस नीति ल्याउन सकेन ।
फलस्वरूप युवाहरुले खुलेआम हुण्डी प्रयोग गरिरहे ! सरकारको चुरोटको बट्टामा “धूम्रपान स्वास्थ्य को लागि हानिकारक छ “उल्लेख गर्नुपर्ने नीति जस्तो, चुरोट उत्पादन नै बन्द गर्न नसक्ने अनि हानिकारक पनि भन्दिने, हानी गर्ने चिज उत्पादन मा पनि बन्द गर्नु पर्यो नि, नत्र येस्ता बाध्यकारी नियम बनाउनुको कुनै अर्थ छैन । त्यसैले हुण्डी रोक्नको लागि ठोस नियम ल्याउन नसकेकोले यसको सञ्जाल ह्वात्तै चुलियो । जसलाई रोक्न धेरै कठिन हुनेछ, सरकारले अहिले ल्याएको नीति हुण्डी रोक्नकालागि केही प्रभावकारी बन्न सक्छ, सरकारको यो नीतिको स्वागत पनि गर्नु पर्छ र वैधानिक हिसाबले हामी सबैले आफ्नो देशको हितको लागि पैसा पठाउनु पर्छ भन्ने हुँदाहुँदै पनि बैंकिंग प्रणाली असहजता र कठिनाईले गर्दा बाध्यताको सिकार हुनुपरेको कुरालाई सरकारले मनन गर्दै, सहज बैंकिंग प्रणालीको लागि अग्रसरता देखाउनु जरुरी छ । अबैधानिक हिसाबले पैसा पठाउँदा तत्कालको लागि दुई चार हजार फाइदा देखिए पनि त्यसको दीर्घकालीन असर रास्ट्रको लागि निकै डरलाग्दो हुन्छ, अवैध रुपले पठाएको पैसा फेरी अबैध काममा प्रयोग हुन सक्ने भएकोले यसको असर निकै देखिन्छ ।
कफी खेती भन्दा ,अफिम खेतीबाट बढि आम्दानी हुन सक्छ, तर अबैध अफिमको असरको कल्पना पनि गर्न सकिन्न , त्यसैले हुण्डी अवैधानिक र अनैतिक काम हो भन्ने जान्दा जान्दै युवाहरु किन यसको प्रयोग गर्न बाध्य छन् भन्ने कुराको सरकारले पहिला लेखाजोखा गर्न आवश्यक देखिन्छ ।
राष्ट्रप्रेमको परिभाषा विदेशमा रहेका युवाहरुलाई सिकाउनु पक्कै पनि छैन, अहिले खुशीका साथ देशको निम्ति वैधानिक रुपले नै पैसा पठाउन चाहन्छन् । देशका शासकको हालीमुहाली देखेर युबाहरु निराश छन् । दैनिक दुई चार हजार युवाहरु विदेशीरहँदा दैनिक उत्तिकै संख्यामा लाश नेपाल भित्रिन्छन् भन्ने कुराको यिनीहरुलाई कुनै हेक्का छैन । वैदेशिक रोजगारीमा भएका कठिनाइहरु र असहजताका बारे यी शासक वा भनाउदाहरुलाई कुनै चासो छैन, केवल रेमिट्यान्सको जोडघटाउमा ब्यस्त छन्, हुण्डी भन्दा पहिला यी कुराहरु चिन्ता किन गर्न सक्दैनन् यिनीहरु ? युबाहरुको आक्रोश यसैमा हो । संस्कार र नियम सायद बिदेशमा बस्ने युबाहरुलाई सिकाइ रहन नपर्ला तर चिन्ता नेपालका नैतिकहीन सशकहरुको हो ।
देशका जल्दाबल्दा युबाहरुको बढ्दो बहिर्गमनबाट हाम्रा साशक प्रसाशक एबं नीति निर्माताहरुलाई चिन्तित तुल्याउनु त कुरै छोडौ उल्टो उनिहरुबाट प्राप्त हुने रेमिट्यान्सको लेखाजोखामा ब्यस्त छन् । दैनिक भित्रिने लाशको उनीहरुलाई रत्तिभर चिन्ता छैन । रेमिट्यान्सको यत्रो बिधि चिन्ता गर्नेले किन यसमा चिन्ता गर्दैन अनि दैनिक भित्रिने लाशको गिन्ती मात्र गर्ने कि रोक्न लागि केही नीति तथा कार्यक्रम ल्याउने हो ? युबाहरुको रगत र पसिनाले आर्जित रेमिट्यान्समा हालीमुहाली गर्दै, दैनिक भित्रिने रातो बाकसहरु मात्र गन्न रुचि राख्ने, यिनीहरुलाई अन्तरास्ट्रिय अदालतमा उपस्थित गराइनु पर्छ ।