अधिवेशनको मिति तय गर्दै कार्यक्रम बाँडफाँड


आदिवासी जनजाती महासंघ दक्षिण कोरिया द्वारा यस महासंघ मातहतका संघ संस्थाहरु बिच आउदै गरेको चुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड सम्पन्न गरिएको छ। सबै जातिय संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकार लगायत समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा  सम्पन्न कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ कोरियाले गत हफ्ता एनसीसी कोरियाले गरेको कार्यक्रम बाँडफाँड कार्यक्रममा भुलबस त्यसो हुन पुगेकोमा क्षमा याचना गर्दै किराँत याक्थुङ चुम्लुङ महासंघ मातहतको संस्था भएकोले आगामी दिनमा महासंघको निर्णय अनुरुप चल्ने प्रतिबद्धता जनाउनुहुँदै कार्यक्रमको माग गरि महासंघमा निवेदन दिनुभएको थियो । जस अनुरुप महासंघबाट कार्यक्रम गर्ने पालो थकाली सेवा समाजको भए पनि यसपालि अन्य संस्थाको माग नभएकोले किराँत याक्थुम चुम्लुङलाई चुसकको पहिलोदिन(अक्टोबर ३) कार्यक्रम गर्ने अनुमती प्रदान गरिएको छ ।
उक्त कार्यक्रम सफल पार्न सबै संघ संस्थाहरुले सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन। महांघको अध्यक्ष श्री चित्रबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमबाट आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको बर्तमान कार्यसमितिको कार्यवधी पूरा हुन लागेको अवस्थामा अब आउने अक्टोबर २९ तारिक आइतबारका दिन महासंघको अधिवेशन गर्ने निर्णय गरिएको छ। स्थान पछि जानकारी गराइने छ।
अन्तमा एनसीसी कोरियाले गरेको बार्ताको अनुरोधलाई सकारात्मक लिदै हाम्रा बुदागत सर्तहरु सहित बार्तामा बस्ने निर्णय गरिएको छ भने आउदै गरेको एनआरएन चुनाबको अध्यक्ष पदमा अधिकांश महासंघकै सल्लाहकार र अन्यपनी आदिवासी मुलकै हुनुभएको कारण समान रुपले सबैलाई महासंघको तर्फबाट जितको शुभकामना दिदै स्वएच्छाले समर्थन र भोट गर्न अनुरोध गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...