मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा तथा अधिवेसन सम्पन्न


दक्षिण कोरिया, परोपकारि सँस्थाहरु मोक्पो चौतारी नेपाल र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस् बीच एकता भइ मोक्पो साम्हो साझा चौतारी सँस्था निर्माण कार्य सम्पन्न भएको छ । दक्षिण कोरियाको मोक्पो क्षेत्रमा रहेका दुइ सामाजिक सस्था एकता भै नया सस्था स्थापना भएको हो । कोरियामा  झन्डै सयौको संख्यामा रहेका सस्थाहरुलाइ संदेश दिने उद्देस्यले दुइ सस्था एकता गरि सम्पूर्ण माझ फुटेर भन्दा जुटेर नै सामाजिक कार्य गर्दा सहज र सरल हुने उदेश्यले दुई संस्था एक भएको हो ।
मोक्पो चौतारी नेपालका पुर्ब का.अध्यक्ष साथै सामाजिक अभियन्ता नारायण पौडेलका अनुसार करिब १००० जना नेपाली कामदार रहेको मोक्पो एरियामा जात धर्म राजनीतिलाइ पर सारी सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरु नेपाल आमाका सन्तान भएको कारण एक सस्था बाहेक आर्को संस्था आवस्यक नभएकोले एकीकरण गरि मोक्पो साम्हो साझा चौतारी निर्माण गरिएको हो । 
संस्था एकिरण र अधिवेसन कार्यक्रमलाइ ३ चरणमा संचालन गरिएको थियो । जसमा, पहिलो चरणमा मोक्पो चौतारी नेपाल र हुन्डाई साम्हो नेप्लिज फ्रेन्ड्स कोऔपचारिक बिघटन, दोश्रो चरणमा औपचारिक कार्यक्रम र तेश्रो चरणमा अधिवेसनको बन्द सत्र भएको थियो । संस्था बिघटनका क्रममा मोक्पो नेपाली समाज का सम्रक्षक अनिल देवकोटाले अहिले सम्म संस्थाले गरेको कार्यहरु सम्झिदा बिघटन गर्न अतिनै अफ्ठेरो भएको बताउदै फेरी पनि मेल मिलाप र भाइचाराको सम्बन्ध साथै सामाजिक कार्य गर्न सहज हुने भएकोले एकता हुन जरुरि बताउदै संस्था विघटन भएको औपचारिक घोसणा गर्नु भएको थियो ।
तेसैगरि ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्ड्स का संरक्षक राम दत्त जोशी (नेपालको राम ) ले एकता गर्नु दक्षिण कोरियामा कार्यरत नेपाली दाजु भाइ माझ एक सकारात्मक संदेश जानेमा आफ्नो विस्वास राख्दै यो हम्रो सकरात्मक अभियानले अन्य संघ सस्थाहरुले पनि यसरि नै एकता गर्दै दक्षिण कोरियामा नेपालीहरुको एकमात्र सस्था हुने बताउदै सस्था बिघटन भएको घोसणा गर्नुभएको थियो ।
पहिलो चरणको सँस्था बिघटन कार्यक्रम सकिए लगत्तै दोश्रो चरणको औपचारिक कार्यक्रम संचालन भएको थियो । सम्मेलन आयोजक समितिका संयोजक अनिल देवकोटा को सभापतित्वमा संचालित कार्यक्रम को संयोजक भने रामदत्त जोशी ( नेपालको राम ) ले गर्नु भएको थियो । कार्यक्रममा नेपालमा भएको दैविक प्रकोप बढी पहिरोमा परि ज्यान गुमाएका आत्माको सान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । औपचारिक कार्यक्रमको स्वागत मन्तव्य पूर्व मोक्पो चौतारी नेपालका सस्थापक साथै सम्मेलन समितिका सदस्य रोशन कुमार पौडेलले दिनु भएको थियो भने सुभकामना मन्तव्य सम्मेलन समितिका सह संयोजक राम दत्त जोशीले दिनु भयो ।  साथै औपचारिक कार्यक्रम को संचालन मोक्पो एफ सी का प्रशिक्षक बिक्रम गुरुङ ले गर्नु भयको थियो ।
दोश्रो चरणको कार्यक्रम सकिय लगत्तै तेश्रो चरणको अधिवेसनको बन्द सत्र कार्यक्रम संचालन गरिएको थियो । जसमा कुनै पनि विवादित नभै सर्व सम्मति मा कार्य समिति गठन गरियको थियो ।
मोक्पो साम्हो साझा चौतारीको पहिलो अधिवेसनमा निर्वाचित हुनु भएका पदाधिकारीहरु 
अध्यक्ष :अरुण सेजवाल
ब.उपाध्यक्ष : संजय तितुंग, गोपाल खतिवडा
उपाध्यक्ष: याम्फु राइ, विनोद वस्नेत, विकाश तामांग, सुदिप पौडेल
महासचिव : सुन्दर सुवेदी
सचिव : इन्द्र श्रेष्ठ, विधान तामांग
सह सचिव : सुर्य लामा, कृष्ण शर्मा, दिपेन्द्र वि .क
कोषाध्यक्ष: रामकृष्ण खनाल
सह कोषाध्यक्ष: खेम राज भट्ट
सदस्य : विजय पोख्रेल, सुरज पाण्डे, हरि श्रेष्ठ, शेरचन राना, विजय कार्की, स्टार कार्की, समिर क्षेत्रि, जगत तामांग, सुरेश श्रेष्ठ, मणिराज तामाङ, समिर सिङजाली, गणेश भट्टराई, सुरज गैह्रे , विकाश गुरुङ, हरि घिमिरे, सन्तमान घले, चन्द्र तामाङ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...