एन आर एन ए कोरियामा २ प्यानलको उमेद्वारी प्रस्ट |
एन आर एन कोरियाको छैठौ अधिबेसनमा २ वोटा प्यानल प्रस्ट देखिएकोछ |
गैह्र आवाशिय नेपाली संघ कोरियाको छैठौ अधिबेसनका लागि उमेदवारी दर्ता गर्ने काम बिहिबार राति ९ बजे सकिएको छ| यहि सेप्टेम्बर ९ र १० तारिख हुन गईरहेको अधिबेसनका लागि कोरियामा कार्यरत विभिन्न संगठन र उमेद्वारहरु आफु आफुले जित्नका लागि अनेक कसरत गरेका छन्| गोप्य श्रोतका अनुसार ओम नारायण जुग्जाली मगर र लक्ष्मी लामा गुरुङको प्यानल प्रस्ट देखिएको छ|
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन सम्पर्क समितिको समर्थनमा अध्यक्षको प्रत्यासी उमेद्वार लक्ष्मी गुरुङको प्यानलमा रहेका उमेदवारहरु आई सी सी सदस्यमा राजु क्षेत्री र प्रकाश धमला, बरिष्ठ उपाध्यक्षमा बिपिन गुरुङ, उपाध्यक्षमा जिबन कु थापा र सुरेश खत्री, बसन्त राज घिमिरे, महासचिब डा इन्दिरा तिवारी र कोषाध्यक्षमा लोक बहादुर बानियाको प्यानल रहेको छ| सदस्यहरुको विवरण भने प्राप्त भएको छैन|
अर्को अध्यक्षको प्रत्यासी उमेद्वार ओम नारायण जुग्जाली मगरलाई बामपन्थी प्यानल भन्ने पनि गरिन्छ| उनको प्यानलमा आई सी सी सदस्यमा लोचन राई र खेम कार्की, बरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षहरुमा लालकाजि बस्नेत, साजन शर्मा र अमृत राई, महासचिबमा राजु सन्तोषी थापा,सचिबमा नबिन पुडासैनी, भरत प्रसाद सुबेदी , कोषाध्यक्षमा गोपाल बोहोरा,सह कोषाध्यक्षमा जित बहादुर सारु,युवा संयोजकमा सन्तोष कुमार राई, महिला संयोजकमा भाबना गुरुङ र सदस्यहरुमा अंशुबर्मा लिम्बु,सुरेश ब्लोन ,नेत्र सोराली मगर,प्रेमराज अधिकारि र सकिन श्रेष्ठ रहेका छन्|
अध्यक्षको प्रत्यासी बुद्धि गुरुङ,रबिन तामांग र जुनु गुरुङको प्यानल भने देखिएको छैन|
बाम प्यानलमा प्रबासी नेपाली मंच दक्षिण कोरिया, जन प्रगतिशील मंच,अन्तरास्ट्रीय नेपाली समाज, नेपाली संघिय समाज दक्षिण कोरिया रहेका छन् भने जातीय संस्था नेपाल मगर संघ कोरियाको पनि यो प्यानललाई समर्थन रहेको गोप्य श्रोतबाट जानकारी आएकोछ| कसले जित्ला त्यो भने चुनाबको नतिजा नै पर्खिनु पर्ने देखिन्छ|