एन आर एन ए कोरियाको छैठौं अधिबेशनको तयारी पुरा |
गैरआवासिय नेपाली संघ (एनआरएनए ) कोरियाको छैठौँ अधिवेनको सम्पूर्ण तयारी पुरा भएको छ । माननीय कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा एनआरएनए का उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त,रमन म्याग्सेसे पुरस्कार विजेता महाविर पुन लगायतको उपस्थिती रहने अध्यक्ष राजु क्षेत्रीले बताएका छन् ।
अनलाईन मार्फत २५ सय ४ जनाले आवेदन दिएकोमा २२८४ जनाको आवेदन प्रमाणित भएको महासचिव दिपक पुनले बताएका छन् ।
एनआरएन कोरियाको निर्वाचन कार्यतालिका अनुसार सेप्टेम्बर ९ मा उद्घाटन सत्र तथा बन्द सत्र र सेप्टेम्बर १०मा नयाँ नेतृत्वको लागी निर्वाचन हुनेछ।
बिधुतिय प्रणाली देखि मतदान हुने समय तालिका भने सेप्टेम्बर १० तारिख आइतबार बिहान १० बजे देखि दिउसो ३ बजे सम्म हुने जनाइएको छ |मतदानका लागि आफ्नो परिचय खुल्ने कुनै कागजात लिएर आउनु पर्ने र एन आर एन ए केन्द्रले तयार गरेको सदस्यता कार्ड नै वितरण गरिने अध्यक्ष क्षेत्रीले बताएका छन् |
अध्यक्ष क्षेत्रीले अधिवेशनलाई भव्य रूपमा सफल पार्न सबै कोरियावासी नेपालीहरूलाई समेत आग्रह गरेका छन् । कार्यक्रम हुने स्थान जोंग्नो कुमिन ह्वेग्वान ,हिस्ट्री एंड कल्चरल पार्क स्टेशनबाट नजिकै | तुन्देमुन बाट पैदल जान सकिने |