सागर आलेलाई खुल्ला पत्र
प्रिय भाइ
सागर
सम्बोधन मैले कसरी गरूँ तिमीलाई ?
तिम्रो सहनशीलता, धैर्यता, इमानदारीताले म र मजस्ता हजारौंलाई छोयो र तिम्रो बारेमा एकदुई शब्द नलेखि बस्न नसक्ने बनायो । तिमी नेपाल आइडलको अडिसन राउण्डदेखी टप फोरसम्म आईपुग्दा सधैँ सबैको मनमुटुमा आईडल नै भयौ ।
हामीलाई लाग्छ कि तिमी यो नेपाल आइडलको मञ्च मात्र छोडेका हौ । तिम्रो जीबनका हजारौँ आइडलको यात्रा बाकि नै छन् ।
तिमीलाई भोट कम भयो या षड्यन्त्र भो त्यो त म भन्न सक्दिन् । तर जे भएपनि तिमी महान छौ ।
किनकि दुखको क्षणमा पनि तिमी सधै झै हाँसिहाँसि सबैलाई सम्झेका थियौ । सबैलाई धन्यबाद दिदै थियौ । यस्तो लाग्थ्यो कि हामीलाई तिम्रो लागि नेपाल आईडलको मञ्च पनि सानै झै लागेका थियो । तिम्रो यात्रा हजारौं गुणा लामो भएको भान भयो । तिमीले भनेको त्यो वाक्य नेपाल आइडलको टिमलाई मेरा फ्यान, शुभचिन्तकहरूले केही नभनिदिनुहोला है भन्दा हजारौँ नेपाली जन्ताले आँसु बगाएका थिए ।
तिम्रो गायिकीको तिम्रो स्टेज परफरमेन्सको तारिफ नगर्ने यहाँ कोहि छैन होला ।
प्रतिभा भएको मान्छे धनी होस या गरिब यसले केही असर पार्दैन । तिमी कति भाग्यमानि रहेछौ । कति धनी रहेछौ । तिमी जस्तो प्रतिभाको कदर नहुदा सायद एकदिन यो सँसारले बुझ्ने छ । तिमी जित या नजित यसले केही असर पार्दैन । किनकी तिमी धेरै मानिसको मनमुटुमा बसिरहेका छौ ।
हामीलाई माफ गर सागर यदि साच्चै भोटको कमिले तिमी आउट भाको भए । हार सबैको हुन्छ । हार नै नभए जित कसरी हुन्छ र ? त्यसैले मानिस हार्छ, लड्छ तर लडेपछि जो उठ्ने साहस गर्छ उसले नै सँसार जित्छ ।
तर पनि माफ गर भाइ हाम्रो भोटले तिमीलाई सेफ गर्न सकेन ।
हरेक खेलमा हार जित त अबश्य हुन्छ । तर कतिपय खेलमा आफु अब्बल भएर पनि अस्वभाविक हार बेहोर्नुपर्छ ।
त्यसैले मलाई लाग्छ, आबश्यक कुरा जुन तिमीमा छ । त्यो हो धैर्य ।
नेपाल आईडलको निश्पक्षता हारेको हुन सक्छ । तर तिम्रो गला र कला कहिल्यै हार्ने छैन ।
हो भाइ हामी राम्रोसँग निदाउन पनि सकेनौ । छटपटि र नसोचेको रिजल्टले सबैलाई रुवाएको छ ।
यो दुखको क्षणमा तिम्रो राम्रो र सुन्दर भबिश्यको कामना बाहेक हामी केही गर्न सक्दैनौ । तिमीले नेपाल आइडलको त्यो अन्तिम पटक भनेको थियौ । मेरा लागि सबैले दुख पाउनु भो, म सानो परिवारमा जन्मेको मान्छे । बाबा ममिलाई सम्झेको छु । भनेर त्यो भन्दा तिम्रो ईमानदारिता झल्किन्थ्यो ।
अनि आफै हारेर पनि अरूको जितमा खुसि हुन सक्ने तिमी कति महान रहेछौ भाइ, जुन शब्दमा भन्न सकिँदैन ।
जे भएपनि नेपाल आईडलको हिजोको एपिसियोड हाम्रो लागि अन्तिम थियो । तिमी बिदाईको हात हल्लाउदै गर्दा हामीलाई भने तिम्रो जितको हात हल्लिरहेको भान भएको थियो ।
सागर भाइ तिमी हामी सबैको मनमा आइडल भैसकेका छौ । सधैँ प्रगतिको शुभकामना ।
उही तिम्रो भलो सोच्ने
देबु बुढाथोकी मगर
हाल, दक्षिणकोरिया