कोरियामा RAPPER VTEN र DJ Rachel को सांगीतिक प्रस्तुति हुँदै
चुरोट- RAPPER VTEN र DJ Rachel ले कोरियामा सांगीतिक प्रस्तुति दिने भएका छन् । कोरियाको महान चाड छुसकको अवसरमा कोरियामा सबै भन्दा पहिले डान्स पार्टीको शुरुवात गरि अाजसम्म निरन्तरता दिंदै अाएका युवाहरुको समूह Nepz Party Rockers In Korea – N:PRIK ले २४ औं पटक नाचन ठुली ३ नामक पार्टीको आयोजना गर्ने भएको छ ।
अक्टोबर ५ तारिख सौलमा उक्त कार्यक्रम बिरामी साथीको उपचारका लागि कार्यक्रमको आयोजना गर्न लागेको हो । स्टेजमा भिटेन नामले चिनिने र्यापर समीर घिसिङ नेपाली हिपअप क्षेत्रमा चिनिएका कलाकार हुन् । सानैदेखि र्याप गर्दै अाएका vten चुरोटै चुरोट टाईटलको फ्रि स्टाईल भर्सनबाट एकाएक भाईरल भएर अहिले उनको देश बिदेशमा लाखौं फ्यानहरु भईसकेका छन् भने यु ट्युबमा उनका गितहरु धेरै रुचाईएका छन् । कोरिया लगत्तै युके र अस्ट्रेलियाका लागि पनि उनको सो-बुक भईसकेको छ।
DJ RACHEL दिल्लीमा बसोबास गर्ने नपाली मुलकी महिला हुन् भने उनको खास नाम एकता सुब्बा हो । डि-जेइङको लागि भारतको दिल्ली , मुम्बई, कोलकता देखि विभिन्न शहरहरुमा अाफुलाई परिचित गराईसकेकी उनले नेपाली अार्टिस्टहरुसंग पनि पार्टी गराईसकेकी छिन् । उनको पनि कोरिया भने पहिलो अन्तराष्ट्रिय यात्रा हुनेछ ।
RAPPER VTEN र DJ Rachel का साथमा स्थानीय कलाकार DJ CMAN – Chandra Stha AKA BIKUNEM – Bikram Lama को पनि सामुहिक प्रस्तुति रहनेछ ।
यसपटकको कार्यक्रम विशेष सहयोगको लागि समर्पित हुने भएकोले पनि सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा आइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।