सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलका प्रतियोगि सागर आले र सुरज थापा कोरिया आउदै
कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्थाले साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौल र दोस्रो ठुलो शहर बुसानमा विभिन्न सांगीतक कार्यक्रम हुने क्रममा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले पनि सौलमा सुपादेउराली सांगीतिक सौगात भाग १ गर्ने भएको छ ।
लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र अर्का प्रतियोगि सुरज थापा कोरिया आउने भएका छन् ।
अगामी अक्टोबर ५ तारिख सौलमा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा सागर र सुरजका साथमा लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल पार्न कोरियामा रहेका सम्पुर्ण आदरणिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई, उक्त कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ ।