आउदो अक्टोबर ३ तारिख कोरियाको महान पर्व छुसकको अवसरमा आयोजित ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम् सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया दुारा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने भएको छ ।
जस्मा नेपालको सर्बाधिक लोकप्रिय गायक राजन राज शिवाकोटी ,हट मोडल तथा गायिका ज्योती थापा मगर , हास्य कलाकार बुद्धि तामाङ , नेपाल आइडल गायिका प्रमिला राई , आधुनिक गायक कुशल थलङ, हट डान्सर चन्दा दाहाल , मोडल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा , स्थानीय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको बेजोड प्रस्तुति रहने आयोजक किरात याक्थुङ चुम्लुङले जनाएको छ।
कार्यक्रम सफल पार्नको लागि कोरियामा रहेका सम्पूर्ण संघ संस्था लगायत वुद्दिजिवी ब्यापारी खेलाडी विद्यार्थी एवं विभिन्न पेसामा आवद्ध सबै नेपाली जनहरुलाई कार्यक्रममा उपस्थित भइदिन आव्हान गरिएको छ।