प्रबासी नेपाली मञ्च ( ONF ) कोरिया को छैटौं अधिवेशन अक्टोबर ८ मा हुने
कोरियाको पुरानो राजनीतिक संगठन प्रबासी नेपाली मन्च (ONF )कोरिया छैटौं अधिबेशन यही अक्टोबर ८ तारिख आइतबार सउलको बुलग्वाङ स्थित प्रबासी मजदुर युनियन (MTU) को हलमा हुने भएको छ । कार्यक्रमलाई नेकपा एमालेकी नेतृ बिन्दा पान्डेले सम्बोधन गर्ने छिन् ।
कार्यक्रमलाइ सफल र ब्यबस्थित पार्न प्रबासी नेपाली मञ्च कोरियाले पूर्व अध्यक्ष गोबिन्द गाउलेको संयोजकत्वमा ५१ सदस्यीय अधिबेशन सहयोग कमिटी परिचालन गरेको कार्यवाहक अध्यक्ष मिना थापा मगरले जानकारी दिइन ।
मञ्चको अधिबेशन प्रत्येक २ बर्षमा हुने गर्छ । ‘अधिवेशन सफल पार्न विभिन्न उप समिती बनाइ जिम्मेवारी बाडफाड गर्ने काम भैरहेको छ । सबै साथीहरुको सहभागिता हुनेमा हामी विस्वस्त छौ ।’ मञ्जका सचिव रमेश मगरले भने ।