थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन हुँदै
सौल,
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ ।
कोरियाको महान चाड छुसकसँगै यस वर्षको अक्टोबर महिनामा परेको लामो छुट्टीको पारी हुन लागेको अधिबेशनमा विभिन्न सामाजिक संघसंस्था, जातीय, क्षेत्रीय, राजनीतिक पार्टी, पत्रकार, बुद्धिजीवी, व्यापारी, विद्यार्थी एंव कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
अधिबेशन नेपाल हाउसमा दिउँसो २ बजे सुरु हुने थारु कल्याणकारिणी सभा दक्षिण कोरियाका अध्यक्ष पुष्प चौधरीले बताउनुभयो ।