गजल
मदहोसमा नपिएको कहिले छ र प्रिया ?
मरि मरि नजीएको कहिले छ र प्रिया ?
फाटेको छ टुक्रा भै भाको मन पनि
चलाऊनलाई नसिएको कहिले छ र प्रिया ?
साथको यात्रा अन्तै मोड्नु तिम्रो कुरा भो
मनमा बास नदिएको कहिले छ र प्रिया ?
मन मार्यो मन तोड्यौ फोटो छाडिछौ
छाती माथि नलिएको कहिले छ र प्रिया ?