माया माया भन्दै चिच्याउँदै आए गायक देविन्द्र काउचा
थुप्रै सफल सृजनाहरु श्रोतादर्शकमाझ पस्किसकेका लोकदोहोरी गायक / सर्जक देविन्द्र काउचा ” मगर माया माया भन्ने ” बोलको लोकगीतको साथमा पुनः श्रोतादर्शक माझ आएका छन । निकै मार्मिक शब्दहरुले भरिएको माया माया भन्ने बोलको गीतमा जितन भाइ श्रीस मगरको शब्द र सज्जन कुमार सिंहको लय रहेको छ । गीतमा बिछोडिएका प्रेमीलजोडीहरुको भावलाई उजागर गरिएको छ ।
बहुप्रतिभाका धनी सर्जक / गायक तथा निर्देशक सिपी मगरको निर्देशनमा कोरियाको रमणीय स्थानहरुमा छाँयाकन गरिएको भिडियोमा रामचन्द्र बुढा मगर , मुन राना मगर र धनु पुर्जा मगरको अभिनय देख्न सकिन्छ । भिसन मगरको छाँयाकन तथा सम्पादन रहेको भिडियोको दृश्य निर्माण जुनतारा म्युजिकले गरेका छन । देविन्द्र काउचा युट्युब एकाउन्टबाट बजार आएको गीत छोटो समयमै लोकप्रिय बनेको छ ।
म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
New Super Lok Song “Maya Maya Bhannele” || माया माया भन्नेले 2017/2074