फोनिजका अध्यक्ष गुरुइ०ले पुरस्कारबाट प्राप्त रकम पीडितलाई प्रदान
काठमाण्डौ
प्रेस काउन्सील समावेसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार डण्ड गुरुङले आफूले पुरस्कारबाट प्राप्त गरेको रकम अनाथालय र अग्नीपीडितलाई दिएका छन् ।
उनले पुरस्कारबाट पाएको रकम काठमाडौंको मनमैजुस्थित एकीकृत सिर्जनशील समाज नेपालले सञ्चालन गरेको अनाथालयलाई ५ हजार र सिन्धुली गोलञ्जोर गाउँपालिका(४ तीनकन्याका अग्नीपीडित सनमान थिङलाई पाँच हजार रुपैयाँ दिएका हुन् । प्रेस काउन्सील नेपालको ४८औं वार्षिकोत्सवको अवसरमा पत्रकार गुरुङले शुक्रबार पुरस्कारबापत १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
पत्रकार गुरुङले समाजसेवी उज्वलविक्रम थापाका साथमा एकीकृत सिर्जनशील समाजकै कार्यालयमा पुगेर समाजकी आमा जुनु पुनलाई रकम हस्तान्तरण गरेको कान्तिपुरले लेखेका छन् ।