जापानमा एक नेपाली महिला चिट्ठी लेखेर बेपत्ता
फोनिज कोरिया संवाददाता
काठमाडौँ – जापानको सेन्दाईको आवबा शहरमा बस्ने देवा माया राई हिजो देखि बेपत्ता भएकी छन । घरबाट निस्कनु भन्दा पहिले उनले चिट्ठी छोडेको र चक्कु पनि नभेटिएको उनका पतिले बताएका छन् ।
हिजो बिहान सात बजेदेखि सम्पर्कबिहिन रहेकी राईले आफु बांच्न नसक्ने ब्यहोराको चिठ्ठी लेखेर छोडेको उनको श्रीमना रेबत राई अत्यन्त चिन्तित रहेका छन । बेपत्ता भएकी राईको खोजीका लागि प्रहरीमा अनुरोध गरि सकेको र सेन्दाईमा रहेका नेपालीहरुले खोजी कार्य जारी राखे पनि कुनै अहिले सम्म कुनै पत्ता नलागेको खोज कार्यमा सहभागी सेन्दाईबाट तेज अर्यालले जनाएका छन ।
उनको बारेमा कुनै जानकारी भएमा ०८०३५५७८२३३ मा अर्याललाई खबर गर्न पनि अनुरोध गरिएको छ। राइका श्रीमान रेवत राइ बिधार्थी भिषामा रहेका र उनि १ महिना अघि मात्र जापान आएकी थिइन ।