फेरी एक नेपालीले गरे आत्महत्या


रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएको ४ महिना पनि नपुग्दै अर्का एक नेपाली युवाले आत्महत्या गरेका छन् । नेपालको स्थाई घर गुल्मी भई हाल बुटवलको नयांगाउं बस्दै आएका कमल कार्कीले सोमबार विहान आत्माहत्या गरेका हुन् ।

ख्यङगिदोको हवासङ स्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिममा झुण्डी रहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सुरुमा आन्सनको एक कम्पनीमा काम गरेका कार्की त्यो कम्पनीमा काम गर्न गाह्रो भएपछि झण्डै एक महिना अघि अर्को कम्पनीमा काम गर्न थालेका थिए । उक्त कम्पनीमा
कम्पनीमा ११ जना नेपालीहरु कार्यरत थिए । विदेशी कामदारहरु कम्पनी देखि अन्दाजी १५० मिटरको दुरीमा रहेको कन्टेनरमा बनाएको होस्टेल ( खिसुक्सा) मा बस्ने गर्दथे । कोठामा मृतक कार्कीसंग संगै सुत्ने अर्को नेपालीले भने, ‘हिजो बेलुकी संगै खाना खाएर कोठामा आएको थियौ । रातको २ बजे तीर कोठाबाट निस्केको थाहा पाएको थिए । शौचालय गएको होला भनेर त्यति वास्ता गरिन तर विहान सुति रहेको अवस्थामा कोरियनले आएर कार्कीले आत्माहत्या गरयो भनेको सुन्दा चकित र स्तव्ध भए।’

काम सकिने वितिकै मोबाईल फोनमा व्यस्त रहने मृतक कार्कीको आत्माहत्या कम्पनीमा कामको प्रेसरले नभई पारिवारीक विषयका कारण हुन सक्ने अनुमान संगै काम गर्ने नेपालीहरु बताउछन ।

नेपाली युवाहरुको लागी वैदशीक रोजगारमा दक्षिण कोरिया अति लोकप्रिय भएसंगै आत्माहत्या गर्नेहरुको संख्यामा पनि अत्याधिक बृद्धि भई रहेको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...