किम्हेमा अक्टुबर ३ तारिख सांस्कृतिक कार्यक्रम हुने
किम्हे, नेपालीहरुको महान चाँड दशैं तथा कोरियाको पर्व छुसकको अवसर पारि किम्हेमा यही २०१७ अक्टुबर ३ तारिख मंगलबार भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालका ख्यातीप्राप्त लोकदोहरी कलाकारहरु रामजी खाँड, देवी घर्ती मगर, साथमा तिम्रो मिठो बोलीसंग, … हारे ,हारे हारे म त हारे बोलको गित लगायत चर्चित गीत गाएकी गायिका दिपा लामाको विशेष सांगितिक प्रस्तुती रहनेछ ।
कार्यक्रममा वडा दशैं २०७४ सालको अवसरमा शुभकामना आदान प्रदान सहित विशेष कार्यक्रम हुने आयोजकले बताएको छ । कार्यक्रममा खानपान,क्रेडिड कार्ड,फ्रि सिम,दोर्दी खोलाको फर्म भर्ने अवसर जस्ता विभिन्न स्टलहरु पनि रहनेछन ।
ख्यंगसाननाम्दो राज्य सरकार द्वारा प्रायोजिन , ख्यंगनाम,बुसान क्षेत्रका संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाली राजदुतावासका राजदुत अर्जुन जंग बहादुर सिंहको प्रमुख आथित्यमा हुने कार्यक्रममा भव्य रुपमा दशैं मनाउने तयारी रहेको छ । राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हुने कार्यक्रम भव्य र व्यवस्थित हुने भन्दै आयोजकले किम्हे , बुसान , उल्सान, मिरयांग, देगु, छांगवन, मासान, लगायत यस क्षेत्रका नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन पनि अनुरोध गरेको छ ।
किम्हेको होमप्लस अगाडी सि जि भि हलको प्राङ्गणमा नेपालका चर्चित कलाकारका साथमा स्थानीय कलाकारको प्रस्तुतिसँगै हिन्दूहरुको बडादशै तथा कोरियनहरुको छुसकको शुभकामना आदानप्रदान गर्नुका साथै स्वादिस्ट खानपानको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।