छुसकमा तामाङ संघ कोरियाले चियापान तथा वृहत् भेला गर्ने
फोनिज कोरिया संवाददाता
सोल
नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरलाई मध्यनजर गर्दै अक्टोबर ०५ का दिन चियापान तथा बृहत् भेला गर्ने भएको छ ।
भेलामा संघको वर्तमान अवस्था र आगामी कार्ययोजनाहरुलाई समयसापेक्ष के कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने बारेमा वृहत् छलफल हुने जनाएको छ ।
प्रवासीभुमि कोरियामा आफ्नो स्थापना कालदेखि नै विशुद्ध सामाजिक क्षेत्रमा समर्पित रहि संघले यहाँ रहेका दर्जनौं संघसंस्थाहरु संग हातेमालो गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गर्ने लगायत विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ ।
भेलामा कोरियावासी सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु, संरक्षक, वरिष्ठ सल्लाहकार , व्यापारी ,शुभचिन्तक , पत्रकार , विद्यार्थी , खेल मेनेजर लगायत खेलाडीहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि संघका अध्यक्ष उईनासिङ वाईवाले अनुरोध गर्नु भएको छ ।
मिति: 2017 अक्टोबर 05
समय: दिउँसो ठिक 12 बजे
स्थान : नागार्जुन गुम्बा जिहेंग १ नं. लाईन जिहेंग योग , IBK बैंकको आठौं तल्ला
विस्तृत जानकारीको लागि
उईनासिङ वाईवा ( अध्यक्ष ) : 01056682035
सुवास दोङ ( उपाध्यक्ष ) : 01027165774
मेघप्रसाद वाईवा( महासचिव ) : 01059577803
राजिव घिसिङ ( कोषाध्यक्ष ) : 01059276551