नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य पदाधिकारी द्वारा पार्टी परित्याग
नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य सचिबालय सदस्य तथा पदाधिकारिहरुले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा पत्र बुझाएका छन् ।
केन्द्रिय सचिब पासाङ नोर्बु शेर्पाले एक छोटो राजिनामा पत्र लेखेर नयाँ शक्ति पार्टीको साधारण सदस्य समेत नरहने जनाउदै पार्टीबाट बाहिरिएका हुन।
पार्टी परित्यागको घोषणा सगै बाहिरिएका शेर्पाले नयाँ शक्ति पार्टीले आदिवासी ,जनजाती, दलित र पिछडिएका बर्गको मुद्दालाइ सम्बोधन नगरेको आरोप लगाएका छन् ।
साथै शेर्पाले आगामि दिनमा गुण र दोषका आधारमा समर्थन गर्ने र उक्त समर्थन परिबर्तनका पक्षधरहरुले पाउने समेत बताए ।
नयाँ शक्ति कोरियाका पुर्ब संगठन बिभाग प्रमुख, आर्थिक बिभाग प्रमुख, क्षेतृय उपाध्यक्ष सहित दर्जनौ सचिबालय सदस्यहरुले पार्टी परित्याग गरिसकेका छन् भने पार्टी परित्याग गरेर बाहिरिने अधिकान्श माओबादी केन्द्रमा धुर्बिकृत भएका छ्न ।
उता नयां शक्तीका काेरीया अध्यक्ष रमेश उप्रेतीले सामुहिक रूपमा अाएकाे राजीनामा स्वीकृत गरि हाल सम्म नयाशक्ति पार्टिमा दिनुभएको योगदानको कदर गर्दै आगामी राजनितिक भबिष्यको शुभकामना समेत ब्यक्त गरेका छन् ।